×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रचण्डलाई अध्यक्ष नै चाहिएको हो भने एकता किन गर्नुपर्‍यो ? – ओली

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २८ मंसिर २०७४, बिहीबार

PRIME CA
laxmi sunrise bank

प्रचण्डलाई अध्यक्ष नै चाहिएको हो भने एकता किन गर्नुपर्‍यो ? – ओली

काठमाडौँ – एमाले अध्यक्ष केपी ओलीले वाम गठबन्धनले संवैधानिक व्यवस्था अनुसार नै पार्टी र सरकारको नेतृत्व गर्ने बताएका छन । पत्रकारसँग कुरा गर्दै ओलीले संवैधानिक व्यवस्था अनुसार कार्यकारी प्रमुख नै प्रधानमन्त्री हुने उनले बताए ।
एकतापछि पार्टी अध्यक्ष एक जना र प्रधानमन्त्री एक जना हुने ? के त्यसो हो ? भन्ने प्रश्नमा ओलीले भने- ‘ हाम्रो बिचमा त्यस्ताे समझदारी भएको पनि छैन, त्यस्तो हुन पनि सक्दैन ।’ पार्टीको नेतृत्वकर्ता नै प्रधानमन्त्री हुने ओलीको भनाई छ ।
अध्यक्ष र प्रधानमन्त्रीको सवालमा १/२ जनाले भन्दैमा मात्रै निर्णय गर्न नसकिने ओलीको भनाई छ । ‘अहिले त्यस विषयमा चर्चा गर्नु पनि बान्छनीय हुदैन ।’ उनले भने-‘पार्टी एकता भएपछि सबै हकदार हुन्छन् । पार्टी एकता हुनुभन्दा अगाडी नै त्यो कुरा गर्‍यो भने त्यसले समस्या पैदा गर्छ ।’
उनले यो विषयमा अहिले चर्चा नहुने प्रष्ट पारेका छन् । ‘अध्यक्ष हुनका लागि त म छदैछु, किन पार्टी एकता गर्नुपर्‍यो ? उनले अगाडि थपे – ‘प्रचण्ड जी पनि अध्यक्ष हुँदै हुनुहुन्छ नि किन एकता गर्नुपर्‍यो ? अध्यक्ष नै चाहिया भए त उहाँ पनि अहिले नै अध्यक्ष हुनुहुन्छ ।’
आफूहरुले अध्यक्ष भन्दा पनि युनिटी खोजेको उनको भनाई छ । ‘अध्यक्ष होइन एकताबद्ध ढंगले देश अगाडि बढाउने कुरा खोजेको हो, अध्यक्ष खोजेको होइन ।’ उनले भने- ‘ मिलेर देशलाई अगाडी बढाउने कुरो खोजेको हो । जे आवश्यकता पर्छ त्यो हामी पारस्परिक छलफलबाट गर्छौं । अहिले त्यस सम्बन्धमा कुनै छलफल भएको छैन ।’
पार्टी अध्यक्षको प्रश्न महाधिवेशन वा एकीकरणमा मात्र आउने भन्दै ओलीले अहिले सरकार गठनको क्रममा पार्टी अध्यक्षको प्रश्न सान्दर्भिक नै नहुने उनको भनाई छ ।
प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति, सभामुखजस्ता पदहरु पार्टीको अध्यक्षसँग नजोडिने उनले प्रष्ट पारेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: