×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपालमा बामपन्थीको जीत नै भारतका लागि ठूलो विस्मात !

काठमाडौं । भारतीय कूटनीतिक विश्लेषक एमके भद्रकुमारले शनिवार टाइम्समा एक विश्लेषण प्रकाशित भएको छ । भद्रकुमारले नेपालको निर्वाचनको मतपरिणाम आइरहँदा नेपाल अब भारतको अक्षबाट फुत्केको विश्लेषण गरेका छन् । उनी लेख्छन्:
दक्षिण एसियाली क्षेत्रको राजनीतिक नक्सा पूरै परिवर्तन भइरहेको छ । नेपालमा संसदीय निर्वाचनको मतपरिणाम आइरहँदा कम्युनिस्ट पार्टीहरू सम्मिलित वाम गठबन्धनले विशाल बहुमत ल्याएको छ र उसैले अब सरकार बनाउनेछ । वाम गठबन्धन सतहमा चीनसमर्थक देखिन्छ । यो घटनाले दक्षिण एसियाली क्षेत्रमा भारतको प्रभाव घट्दै गएको देखाउँछ र यो मोदी सरकारको विदेशनीतिको असफलता हो । नेपाल अब भारतको अक्षबाट बाहिर निस्कँदैछ ।
मोदी सरकारले सानो छिमेकी मुलुकमाथि ‘मुढेबलमा आधारित कूटनीति’ अपनाएकाले यो स्थिति आएको हो । नेपाल धर्मनिरपेक्ष राष्ट्र रहन चाहन्छ कि हिन्दू राष्ट्र भन्ने कुरा नेपालले नै निर्णय गर्ने हो । नयाँ दिल्लीले नेपाललाई आफ्नो बाटो हिँडेकोमा सजाय दिन पाउँदैन ।प्रस्ट रूपमा भन्नुपर्दा दुई वर्षअघि नेपाललाई दबाब दिनका लागि दुई महिनासम्म आर्थिक नाकाबन्दी लगाउनु नै भारतको मूर्खता थियो । त्यस नाकाबन्दीका कारण इन्धन, खाना पकाउने ग्यास, औषधि र अन्य सामानको आपूर्तिमा कमी आएर नेपालीलाई अप्ठ्यारो पा–यो । भारतबाट आएका मधेशीहरूले भारतको हितमा काम गरेको धारणा नेपालमा प्रबल बन्यो ।
भारतले नेपालमा महाभूकम्प जाँदा उद्धार कार्यमा पनि अव्यवस्था देखाउँदै चिनियाँहरूसँग पब्लिक रिलेसन्समा प्रतिस्पर्धा गर्यो । नेपालीहरू भारतको यो रवैया देखेर रिसाए । भारतीय कूटनीति त्यसपछि कहिल्यै सम्हालिन सकेन । यी कारणहरूले जन्माएको भारतविरोधी संवेदनाले भारतको छविलाई गम्भीर क्षति पु–याएको छ, उसको हैसियत घटाएको छ र नेपालमा उसको प्रभाव कमजोर बनाएको छ । कुरा थप बिगार्दै नयाँ दिल्लीले हालैका केही महिनामा (भारतका हिन्दू राष्ट्रवादी समूहसँग निकटता भएका) नेपालको शाही समूहसँग सम्झौता गरेको खबर सार्वजनिक भयो । यसले लोकतान्त्रिक शक्तिहरूलाई थप चिढ्याएको हुनुपर्छ ।
समग्रमा, नेपालमा भारतले एउटालाई उचाल्ने अर्कोलाई पछार्ने जस्ता घिनलाग्दा र अवसरवादी प्रयास गरेर कुरा यसरी बिगारेको छ कि कुनै पनि राजनीतिक शक्ति नयाँ दिल्लीको हात समात्ने इच्छा राख्दैनन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: