×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रानीपोखरी पुर्ननिर्माण विवादमा मेयर शाक्य तल, उपमेयर खड्की माथि

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १४ पुष २०७४, शुक्रबार

PRIME CA
laxmi sunrise bank

रानीपोखरी पुर्ननिर्माण विवादमा मेयर शाक्य तल, उपमेयर खड्की माथि

काठमाडौँ – केही दिनदेखि चर्चा र विवादको चुलीमा पुगेको काठमाडौंको रानीपोखरी निर्माण झगडाको अन्त्य भएको छ । भूकम्पले भत्काएको रानीपोखरी पुर्ननिर्माणको जिम्मा काठमाडौँ महानगरपालिकाले पाएको थियो । जिम्मा त पायो तर मेयर र उपमेरबीचका शितयुद्धले निर्माण शैलीमा कुरा मिलेन ।
रानीपोखरी जस्तो राष्ट्रिय सम्पदा निर्माणमा मेयर र उपमेयरबीच समन्वय नभएको देख्दा नगरबासीलाई असजिलो लागेको थियो । यति सानो काम मेयर र उपमेयरबीच सहमति हुँदैन भने अन्य ठूला कामहरुमा के होला ? यो प्रश्न अहिले नगरबासीले गर्ने गरेका छन् ।
रानी पोखरी पुरानै शैलीमा बनाउने वा नयाँ शैलीमा निर्माण भन्ने विषय त्यति ठूलो होइन तर मेयर र उपमेयरबीच समन्वय हुन नसक्दा यो विषय ठूलो भयो । उपमेयर हरिप्रभा खड्कीले मेयर विद्यासुन्दर शाक्यले मनपरी निर्माण गर्न लागेको भन्दै विरोध जनाइन् । उनले रानीपोखरी राष्ट्रिय सम्पदा भएका कारण मल्लकालिन शैलीमा निर्माण गरिनु पर्ने बताएकी थिइन् ।
तर, मेयर शाक्यले कंक्रिट अनिवार्य भएको भन्दै रानीपोखरी निर्माण गरेरै छोड्ने भन्दै उपमेयर खड्कीका कुरा सुन्दै सुनेन् । उपमेयर खड्कीले निर्माण कार्य रोक्न भन्दै रानीपोखरीको मुख्य गेटमा ताला लगाइन् । निर्माण रोक्न भनेर फर्केको केही समयपछि मेयर शाक्यले ताला फोडे । उनले आफूले भनेजस्तै गरी निर्माण गर्न निर्देशन दिए ।
रानीपोखरी पुनर्निर्माणको जिम्मा पाएको काठमाडौं महानगरपालिकाले कंक्रिट हालेपछि सम्पदाविदहरुले विरोध गरेका थिए । यो विषय राष्ट्रिय विषय भयो । यो विषयलाई हल गर्न राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण र पुरातत्व विभागमा पुग्यो । विहीबार महानगरका मेयर, उपमेयर, पुनर्निर्माण प्राधिकरणका सचिव र पुरातत्व विभागका महानिर्देशक सहितको बैठकले रानीपोखरीको निर्माणलाई तत्काललाई रोक्ने सहमति गरेका छन् ।
बैठकले रानीपोखरी प्रताप मल्लकालीन पुरानै शैली, स्वरुप र निर्माण समाग्री प्रयोग गरेर निर्माण गर्ने निर्णय समेत गरेको छ । यसबारे अध्ययन गरी १५ दिनभित्र सुझाव दिन विज्ञ समिति बनाइएको छ । पुरातत्वका पूर्व महानिर्देशक विष्णुराज कार्की संयोजक रहेको समितिको सल्लाहकारमा रक्षामन्त्री भीमसेनदास प्रधान, पूर्वमेयर केशव स्थापित र रञ्जु दर्शना छन् ।
रानीपोखरी निर्माण उपमेयर खड्कीले भन्दै आएअनुसार नै निर्माण हुने भएको छ । रानीपोखरी विवादले मेयर शाक्यलाई तल परेको छन् । झगडाको स्तरसम्म पुगको विवादमा खड्कीले जितेकी छन् । दुबैले प्रतिस्ठाको विषय बनाएका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: