×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया डिबेन्चर २०८१/८२ स्विकृत

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ४ पुष २०७४, मंगलवार

PRIME CA
laxmi sunrise bank

एनआईसी एशिया डिबेन्चर २०८१/८२ स्विकृत

काठमाडौँ – एनआईसी एशिया बैंक लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले १ हजार अंकित दरका ३० लाख कित्ताले हुन आउने रू. ३ अबर् बराबरको ‘एनआईसी एशिया डिबेन्चर २०८१/८२’ निष्काशन गर्न स्वीकृति दिएको छ । सो ऋणपत्रको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।
रू. ३ अर्बको ऋणपत्रको ८० प्रतिशत अर्थात रू. २ अर्ब ४० करोड व्यक्तिगत तवरमार्फत २० प्रतिशत -रू. ६० करोड) सर्वसाधारण लगानीकर्तालाई सार्वजनिक निष्काशन विधिमार्फत निष्काशन गरिनेछ ।
९ प्रतिशत वाषिर्क ब्याजदर हुने ऋणपत्रको अर्ध वाषिर्क रूपमा ब्याज झुक्तानी गरिनेे ऋणपत्रको अवधि ७ वर्ष हुने र मंगलबार पुस १२सम्म ७कायर् दिनको सूचना दिई १३ गतेदेखि १७ गतेसम्म ऋणपत्रको बिक्री खुल्ला गरिने छ ।
सो ऋणपत्रलाई ईक्रा नेपाल लिमिटेडले एलए माइनस रेटिङ्ग प्रदान गरेको छ, जसको अर्थ लगानीको उच्चतम सुरक्षा र न्यूनकर्जा जोखिम हो ।
साथै, यस बंैकलाई इक्रा नेपाल लिमिटेडले ए माइनस रेटिङ्ग प्रदान गरेको छ । जुन नेपाली बैंकहरुलाई प्रदान गरीएको उत्कृष्ट रेटिङहरु मध्ये एक हो ।
ऋणपत्रनेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचिकरण गरिने छ । ऋणपत्र नेपालको डेब्ट मार्केटको विकासको लागि एक महत्वपूर्ण माइलस्टोन हुने विश्वस कम्पनीको छ ।
नेपालमा दीर्घकालिन लगानीको लागि वित्तीय साधनहरु अत्यन्त कम मात्र उपलब्ध रहेको अवस्थामा दीर्घकालिन रुपमा उच्चतम प्रतिफल प्राप्त हुने, प्रतिफलको सुनिश्चितता हुने एवं सुरक्षित लगानी हुने लगायतका दृष्टिकोणबाट दीर्घकालीन लगानीको लागि एक विरलै प्राप्त हुने तथा उत्कृष्ट अवसर भएकोले यसबाट फाइदा उठाउन कम्पनीले अपिल गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: