एमालेमा गयो पहिरोः नेता शाहीसहित ११३ जनाले गरे पार्टी परित्याग, भोट किन्‍न दिएको रुपैयाँ फिर्ता

दैलेख - गत मंसिरमा भएको निर्वाचनपछि नेकपा एमालेभित्र तीव्र असन्तुष्टी बढेको छ । निर्वाचन जित्नको लागि गरिएका अनैतिक क्रियाकलापहरुप्रति असहमति जनाउँदै जिल्ला जिल्लामा विद्रोह भएको छ ।

चुनावमा माओवादी केन्द्रसँग गरेको तालमेलप्रति असहमती जनाउँदै अाएका जिल्ला नेता कर्णबहादुर शाहीको नेतृत्वमा विद्रोह भएको हो । जिल्लाको महाबु नगरपालिकाका इमान्दार नेता शाहीले विगत २१ वर्षदेखि एमालेको नेतृत्व गर्दै अाएका थिए ।

एमाले र माकेले समाजवादका नारा दिएपनि नीति र व्यवहार त्यस्तो नभएको भन्दै नेता शाहीले कार्यकर्ताको ठूलो टीम सहित क्रान्तिकारी माओवादीमा प्रवेश गरेका छन् ।

युवा नेता मोहन शाही र उनीसंग ११३ जनाले संयुक्त रुपमा एमाले परित्याग गरेका छन् । विद्रोह गरेका शाहीले चुनावमा मतदाताको लागि खर्च गर्न भनि दिएको दश हजार रुपैयाँ समेत फिर्ता गरेका छन् ।
प्रकाशित : Tuesday, December 26, 2017
,

recent

Popular Posts