५ भोटले चुनाब हरेपछि काँग्रेस नेता पौडेलले भने, 'मतगणनामा गोलमाल गरियो,फेरि निर्वाचन गर्नुपर्छ'

काठमाडौं - प्रदेशसभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेसका नेता प्रदीप पौडेल पराजित भएका छन् । तनहुँ- २ को प्रदेश ‘क’ मा उम्मेदवार बनेका पौडेल ५ मतको झिनो मतान्तरले पराजित भएका छन् ।

पौडेल माओवादी नेतृ आशा कोइरालासँग ५ भोटको अन्तरले हारेका हुन् । कोइरालाले १६ हजार ६४६ मत पाउँदा पराजित पौडलले १६ हजार ६४१ पाए ।

कांग्रेस उम्मेदवार पौडेलले हालसम्मको चुनाव बदर गरी पुनः मतदानको माग गर्दै निर्वाचन अधिकृत समक्ष निवेदन दिएका छन् । पौडेल समर्थकले पुनः चुनाव गर्न माग गर्दै दमौलीमा नाराबाजी समेत गरेका छन् ।
प्रकाशित : Sunday, December 10, 2017
,

recent

Popular Posts