प्राइम बैंक पुग्यो गोरखाको सहिद लखन र दोलखाको बैतेश्वर गाउँपलिकामा

काठमाडौं - प्राइम बैंकले गोरखा र दोलखामा शाखा विस्तार गरेको छ । प्राइमले गोरखाको सहिद लखन गाउँपालिका र दोलखाको बैतेश्वर गाउँपालिका मैनापोखरीमा नयाँ शाखा विस्तार गरेको हो । यी २ सहित बैंकको शाखा संख्या ५३ पुगेको छ । दोलखा शाखाको उद्घाटन बैंकका सञ्चालक दिनेश श्रेष्ठले गरे भने गोरखा शाखाको उद्घाटन बैंककै अर्का सञ्चालक बासुदेव रिजालले गरेका हुन् ।

सरकारले हरेक स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुर्याउने लक्ष्य लिएको छ । देश संघीयतामा गइसकेकाले हरेक स्थानीय तहमा वाणिज्य बैंकको शाखा विस्तार गर्ने रणनीति लिइएको हो । हाल प्राइम बैंकको चुक्ता पुँजी ६ अर्ब ३२ करोड ५४ लाख ३२ हजार रुपैयाँ छ । बैंकले २७ प्रतिशत बोनस सेयर दिन लागेको छ । यो बोनसपछि बैंकको चुक्ता पुँजी ८ अर्ब ३ करोड ३२ लाख ९८ हजार रुपैयाँ पुग्नेछ ।
प्रकाशित : Wednesday, December 27, 2017

recent

Popular Posts