×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतीय पुर्व राजदुत रायले किन गरे ओलीकाे प्रशंसा ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ४ पुष २०७४, मंगलवार

PRIME CA
laxmi sunrise bank

भारतीय पुर्व राजदुत रायले किन गरे ओलीकाे प्रशंसा ?

काठमाडौं – ओली अहिले प्रचण्डसँग मिलेर पार्टी एकता र नयाँ सरकार गठनको तयारीमा जुटिरहेका बेला भारतीय पुर्व राजदुत रञ्जित रायले एमाले अध्यक्ष केपी ओलीको खुबै प्रशंसा गरेका छन् ।
उनले एमाले अध्यक्ष केपी ओली नेपालका लागि अशल शासक भएको भन्दै उनको खुब प्रशंसा गरेका छन् । रायले ओलीको भारतसँग निकै पुरानो सम्बन्ध रहेको बताउदै आगामी दिनमा नेपाल भारतबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरे ।
रायले भारतीय सञ्चार माध्यमसँगको अन्तरवार्तामा भारतसँगको सम्बन्धलाई सुदृढ पार्नका लागि नयाँ सरकारले प्रशस्तै प्रयासहरु गर्नेछ भन्ने विश्वास लिएको बताएका छन् । नेपाल र भारत एक अर्काका लागि उत्तिकै महत्वपूर्ण भएकाले दुई देशबीचको सम्बन्ध सुदृढ हुन आवश्यक रहेको उनले बताए । भारतले नेपालमा स्थिरता चाहेको भन्दै रायले अब बन्ने सरकार सबै पक्षलाई समेटेर अघि बढ्न आवश्यक रहेको बताए ।
रायले भारतले कम्युनिष्ट गठबन्धन भर्खरैको निर्वाचनमा पहिलो हुने कुराको अपेक्षा गरेको भएपनि अत्याधिक बहुमतसहितको विजय भने भारतका लागि अनपेक्षित रहेको खुलाए । अन्तरवार्ताको क्रममा रायले पछिल्लो समय चीन नेपालमा सक्रिय भएको पनि टिप्पणी गरेका छन् । भारत र चीन दुबैले नेपालमा बाह्य शक्तिको बढ्दो उपस्थिति तथा संलग्नता नचाहेको रायको भनाइ छ ।
नयाँ सरकारको नेतृत्व गर्ने तयारीमा रहेका ओलीबारे भारतीय पुर्व राजदुतले प्रशंसा गरेपछि माओवादी केन्द्रले त्यसलाई अर्थपूर्ण रुपमा हेरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: