×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एमाले-माकेका युवाहरुको कठोर कदम, एकता भाडिन लागेको भन्दै राजधानीमा छुट्टै भेला !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १४ पुष २०७४, शुक्रबार

PRIME CA
laxmi sunrise bank

एमाले-माकेका युवाहरुको कठोर कदम, एकता भाडिन लागेको भन्दै राजधानीमा छुट्टै भेला !

काठमाडौं – मंसिरमा सम्पन्न चुनावमा बाम तालमेल गरेर निर्वाचनमा होमिएका दुई पार्टी एमाले र माओवादीका युवाहरुले पार्टी एकता भाडिन लागेको भन्दै अलग्गै भेला आयोजना गरेका छन् ।
पार्टी एकतामा दोश्रो तहका नेताहरूले पहलकदमी लिनुको सट्टा पद र प्रतिष्ठाका लागि चलखेल गरेको उनीहरुको ठहर छ । तत्काल पार्टी एकताको प्रक्रिया थालनी गर्न भन्दै उनीहरुले दबाब दिन छुट्टै भेला बोलाएका हुन्।
स्रोतकाअनुसार एमालेको युवा संगठन युवा संघ र माओवादीको युवा संगठन वाईसीएलका नेताहरुलेदुवै पार्टीका शिर्ष नेताहरुलाई दबाव दिन केही प्रभावशाली नेताहरूको सहभागितामा राजधानी काठमाडौँमा भेलाको आयोजना गरेका छन्।
युवा नेताहरुले पार्टीका दोस्रो तहका नेताहरुले आफ्नो ‘पोजिसन’ हेर्ने र दाउ खेलेर समर्थन र विरोध गर्ने गर्न थालेको भन्दै यस्तो छुट्टै भेला आयोजना गरी दबाद सिर्जना गर्नुपर्ने परिस्थिति आएको बताएका छन्।
भेलामा माओवादी केन्द्रका नेता हिमाल शर्मा, देवेन्द्र पौडेल र शक्ति बस्नेत, एमालेका सचिव योगश भट्टराई र ठाकुर गैरेको सहभागितामा छुट्टै भेला गरी दबाब सिर्जना गर्ने र पार्टीका शिर्ष नेताहरुलाई भेलाको निर्णय सुनाउने बताएका छन् । उनीहरुले उक्त भेलालाई ‘पार्टी एकताका लागि सहजीकरण भेला’ भनेका छन्।
पार्टी एकता हुन नदिन शक्तिकेन्द्र पनि लागेको देखिएकाले प्रभावित नहुन भन्दै नेताहरूलाई खबरदारी गर्न र एउटै कम्युनिष्ट केन्द्र बनाउने अभियानमा तत्काल जुट्ने हौशला प्रदान गर्न आफुहरुले यस्तो भेला डाकिएको युवा नेताहरुले बताएका छन्।
जनताले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचानमा दिएको जनमतको कदर गर्दै तत्काल पार्टी एकताका निम्ति पहलकदमी लिन पार्टी नेतृत्वलाई परेको अप्ठेरोबारे बताएउने र समाधानका लागि सहयोग गर्ने उनीहरुले बताएका छन्।
निर्वाचन सकिएको झण्डै एक महिना पुग्न लाग्दा समेत यसअघिको सम्झौता कार्यन्वयनमा ढिलाई भएपछि उनीहरुलाई मत दिने जनता र स्वयं पार्टीकै कतिपय नेता कार्यकर्तामा नेताहरुले प्रतिवद्धताअनुसार काम नगर्ने हुन् कि भन्ने संशय पैदा भएको छ ।
यहि संशय चिर्न आवश्यक ठानेर दुवै पार्टीका युवा नेताहरुले अहिले शीर्ष नेताहरुलाई खबरदारी गरिरहेका छन् । सोही दवावले एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच बुधबार भेटवार्ता गर्न सहयोगि भूमिका खेलेको उनीहरुको निश्कर्ष छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: