×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कृषि विकास बैंक अनियमितता प्रकरण : ‘लुट’ फिल्म हेरेपछि बनेको थियो ठग्ने योजना, थप ३ जना पक्राउ !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २७ मंसिर २०७४, बुधबार

PRIME CA
laxmi sunrise bank

कृषि विकास बैंक अनियमितता प्रकरण : ‘लुट’ फिल्म हेरेपछि बनेको थियो ठग्ने योजना, थप ३ जना पक्राउ !

काठमाडौं – अहिले कृषि बिकास बैंकमा भएको करोडौं रुपैयाँ अनियमितता प्रकरण चर्चामा छ । बैंकको अन्तर शाखा कारोबार हिसाब क्लियरिङको रकम पेण्डिङ भएको देखाएर ४ करोड ९१ लाख हिनामिना भएको पाएपछि राष्ट्र बैंकले सीआइबीको सहयोगमा अनुसन्धान अगाडी बढाएको थियो काठमाडौंको न्यूरोडस्थित कृषि विकास बैंकको शाखा कार्यालयमा झण्डै ५ करोड रकम हिनामिना गरेको अभियोगमा थप ३ जना पक्राउ परेका छन् । 
पक्राउ पर्नेमा उक्त शाखाका मुख्य प्रबन्धक प्रेमहरि ढुंगेलसहित इसीसी प्रमुख गोपाल गिरी र कर्जा प्रमुख महेश्वर मरहट्टा छन् । यसअघि प्रहरीले बैंकका सहायक टेलर दिपिका रेग्मी, तेह्रथुम घर भइ हाल काठमाडौंको बालाजु बस्दै आएका प्रकाश घतानी र दोलखा घर भइ हाल काठमाडौं बस्दै आएका रमेशकुमार थापालाई पक्राउ गरेको थियो । उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुमाथि बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान कार्य भइरहेको छ ।कृषि विकास बैंकको न्यूरोड शाखाको भ्रष्टाचार प्रकरणको मुख्य योजनाकार बैंककी सहायक टेलर दिपिका रेग्मी भएको प्रहरीको भनाइ छ ।उनले सेवाग्राहीले जम्मा गरेको चेक ‘इलेक्ट्रोनिक चेक क्लियरेन्स’ (ईसीसी) मार्फत सम्बन्धित सेवाग्राहीको खातामा जम्मा गरेपछि भुक्तानी वापत जेनेरेट गरेको रिपोर्टलाई इडिट गरेर त्यही चेक पुनः प्रयोग गर्ने गरेकी थिइन् । 
र, त्यो रकम बैंकमा रहेको आफ्नो र आफन्तको खातामा रकम जम्मा गरेको अनुसन्धानका क्रममा खुलेको छ । भ्रष्टाचार भएको रकम मध्ये केही प्रकाश घतानीको खातामा जम्मा हुने गरेको थियो । त्यो रकम वापत उनले रेग्मीलाई सुनका गरगहना दिने गरेको खुलेको छ । त्यस्तै, रमेश थापा भने रेग्मीको सहयोगीको रुपमा भ्रष्टाचार प्रकरणमा संलग्न भएको प्रहरीले जनाएको छ ।
यसो त उनलाई प्रहरीले पछिमात्र पक्राउ गरेको हो । यो केस राष्ट्र बैंकले थाहा पायो भन्ने थाहा पाएपछि रेग्मी छिटो भन्दा छिटो अमेरिका भाग्न खोजेकी थिइन् । बैंककै कर्मचारीहरुसँगको कुराकानीमा उनले आफु अमेरिका जान लागेको बताएको उनी निकटहरु बताउँछन् । लुट फिल्म हेरेपछि बैंक ठग्ने मनसाय आएको भन्दै बैंकका सबै कर्मचारी मिलेर बैंक ठग्ने प्लान बनेको समेत चर्चा अहिले कृषि बिकास बैंकको उक्त साखामा छ । घटनाको थप अनुसन्धान भइरेको छ ।     
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: