रातो गाडीमा आएर सुकम्वासी वस्तीमा पैसा बाँड्न हिँडेका एमाले कार्यकर्ता पक्राउ !


काठमाडौ- बुधबार राती मतदातालाई पैसा बाँड्न हिँडेका काठमाडौं क्षेत्र नं ४ का ब्गाम कार्यकर्ताहरु नियन्त्रणमा परेका छन् । काँग्रेस उमेद्वार गगन थापालाई मत नदिने भए पैसा दिन्छु भन्दै हिंडेको आरोपमा  उनीहरु नियन्त्रणमा परेका हुन्। स्थानीयले उनीहरुलाई प्रहरीलाई बुझाएका छन् । 

प्राप्त जानकारी अन्सुआर एमालेकोतर्फबाट बुढानिलकण्ठ नगरपालिका वडा नं ११मा वडाध्यक्ष जितेका राजु अधिकारीले स्थानीय सुकदेश अधिकारीलाई पैसा दिन थालेपछि उनी सहितका एमाले कार्यकर्ता नियन्त्रणमा परेका हुन् । बा १२ च ९५७१को गाडीलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । राजनले क्षेत्र नं ४का सुकुम्बासी बस्तीमा पैसा बाँडेको सूचना पाएपछि काँग्रेसका कार्यकर्ताले पछ्याएका थिए ।

यसैबीच घटनास्थलमा एमालेका विरुद्ध नारावाजी पनि भएको थियो । 
प्रकाशित : Thursday, December 07, 2017

recent

Popular Posts