'प्रश्न :निजी विद्यालयको व्यापार र बेस्यावृतिमा कुन 'पवित्र' ? उत्तर: दुवै चीज उस्तै-उस्तै हुन् भाइ !'

  • प्रताप शर्मा 
कसैले मलाइ प्रश्न सोधोस्, 'निजी विद्यालयमा कतिसम्म लुट हुन्छ भनेर । म एक-एक गरि भन्न सक्छु, 'कतिसम्म लुट होइन कहाँचाहिं लुट हुँदैन भनेर । आजकल त निजी विद्यालयको लुटधन्दा बेश्यावृतिजस्तै बनीसकेको छ । अझ बेश्यावृतिभन्दा बढी फोहोरी धन्दा भइसकेको छ ।  समाजमा ठग्न पल्कीएका माफियाहरुले खुलम खुल्ला निजी विद्यालयको कालो बजारी गरेका छन् । जुन लुटधन्दा बेश्यावृतिभन्दा कम छँदै छैन ।

मैले बुझे अनुसार बेश्यावृतिमा त एउटी महिला आफ्नो शरीर बेच्न तयार हुन्छे । गलत नै सहि, उसले अरुको इक्षा अनुसार नै पैसा लिन्छे र आफ्नो शरिर बेच्छे । तर नीजी विद्यालयमा त अरुलाइ ठगेर, लुटेर कमाउने गरिन्छ । नेपालको सन्दर्भमा बेश्यावृतिमा त लुकेर व्यापार हुन्छ । तर निजी विद्यालयमा त खुल्लमखुल्ला लुट धन्दा हुन्छ । बेश्यावृति आवश्यकताको उपज हुनसक्छ । तर नीजी विद्यालयको धन्दात लुट्ने चालमात्र हो ।  शहर बजारमा हुने अव्यवस्थित र अघोषित  बेश्यालय त दरभाउ किटेर ठग्छन, तर यि निजी  विद्यालयले त  बेश्यालयभन्दा पनि गिरेर झरेर नैतीकहीन ब्यापारका नाममा लुट गरेका छन्। 

थाहा छैन निजी विद्यालयमा जनताको रगत पसिनामाथि यति धेरै लुट आखिर कहिले सम्म हुने हो ? बजारका बेश्याहरुलाई आफुले कहिलेकाहीं भोग गर्न पाउँदा ठुलाबढाले संरक्षण गरेजस्तै निजी बिद्यालयजस्तो लुट धन्दालाई ठुलाबढाले संरक्षण गरिरहेका छन् । आखिर मैले कसरी व्याख्या गरुन त्यो कालो धन्दाको ? निजी बिद्यालयको लुट धन्दा यती धेरै भो कि, नबोलौ भनेर नबोल्ने अवस्था रहेन । ठाउँ-ठाउँमा लुट छ । श्रमिकको रुपमा शिक्षकको क्रियाशिलतालाई प्रयोगात्मक दुरुपयोग गरिन्छ । ठिक बुझ्ने भाषामा भन्दा बेश्यावृतिमा दलालहरुलाई दिएजति इज्जत पनि नीजी विद्यालयका शिक्षकहरुलाई नीजी विद्यालयले दिंदैनन् । 

बेश्यावृतिमा त एउटी महिला आफ्नो शरीर बेच्न तयार हुन्छे । गलत नै सहि, उसले अरुको इक्षा अनुसार नै पैसा लिन्छे र आफ्नो शरिर बेच्छे । तर नीजी विद्यालयमा त अरुलाइ ठगेर, लुटेर कमाउने गरिन्छ । नेपालको सन्दर्भमा बेश्यावृतिमा त लुकेर व्यापार हुन्छ । तर निजी विद्यालयमा त खुल्लमखुल्ला लुट धन्दा हुन्छ । बेश्यावृति आवश्यकताको उपज हुनसक्छ । तर नीजी विद्यालयको धन्दात लुट्ने चालमात्र हो ।

कमिशनका आधारमा शैक्षिक पाठ्यपुस्तकको छनौट गरिन्छ । पोशाकबाट प्राप्त हुने कमिशन विहान देखि बेलुका सम्म निरन्तर कक्षा पढाउन पठाएर एक दुई पिरियड लिजर दिएर कक्षाकोठामा गुन्द्रुक खाँडदा झै खाडेर गुणस्तरको दुहाई दिने सञ्चालक माफियाहरु आन्धा छन् या बहिरा थाहा छैन । ट्यूसन, कोचिङ्ग र अतिरिक्त कक्षाबाट हुने मुनाफा आफ्नै ठाउँमा छ । कहिले स्टेशनरीका बस्तुबाट त कहिले विद्यालयमा सञ्चालित क्यानटिनबाट जताततै पैसा कमाउने धन्दामात्र छ । काठमाडौँका अधिकांस नीजी स्कुल संचालकहरुका सर्टिफिकेट नक्कली छन्, बेश्यावृति गराउने दलाल र माफियाहरुजस्तै ।  

आखिर कहिलेसम्म यो लुट ? यसको कुनै उत्तर छैन । ठमेलका गल्ली गल्लीहरुमा रत्नपार्कका फुटपाथहरुमा, काठमाडौँका अनियन्त्रित गेष्ट हाउसहरुमा धुलीखेल र नगरकोटका होटलका कोठाकोठामा जसरी खुलेआम यौन धन्दा भइरहेको छ, त्यस्तै हो आजकलको नीजी विद्यालयको धन्दा पनि । ती ठाउँहरुमा यौन धन्दा रोक्न असम्भव भएजस्तै काठमाडौँका नीजी विद्यालयको हालत पनि त्यस्तै छ । संरक्षण गर्ने तरिका पनि त्यस्तै छ । यौन धन्दालाई प्रशासनले दलालहरुले संरक्षण गरिरहेका छन् भने यी निजी विद्यालय संचालकहरुलाई पनि ठुला नेताहरुले संरक्षण गरिरहेका छन् ।     

नीजी विद्यालयका अधिकांस संचालक, (यहाँ मैले अधिकांस संचालक जो नक्कली सर्टिफिकेट बोकेका छन्, उनीहरुलाई इंकित गरेको हुँ) र यौन धन्दाका अधिकांस दलाल (जो ठग्नमात्र पल्केका छन्) उस्तै उस्तै हुन् । 

(लेखक पूर्व शिक्षक, पूर्व विद्यार्थी नेता तथा पुस्तक लेखक हुन् । )

लेखकबाट यी सामाग्री छुटे कि ?

यी पनि प्रताप शर्माकै लेख हुन् :
प्रकाशित : Friday, December 22, 2017

recent

Popular Posts