×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पूरै मतपरिणाम नआउँदै देउवाको तयारी, ‘कांग्रेस सभापतिको र प्रधानमन्त्री पदबाट चुनाव लगत्तै राजीनामा दिने’

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २३ मंसिर २०७४, शनिबार

PRIME CA
laxmi sunrise bank

पूरै मतपरिणाम नआउँदै देउवाको तयारी, ‘कांग्रेस सभापतिको र प्रधानमन्त्री पदबाट चुनाव लगत्तै राजीनामा दिने’

काठमाडौँ- प्रधानमन्त्री शेर बहादुर देउवाले चुनाव लगत्तै प्रधानमन्त्री र कांग्रेस सभापति पद छोड्ने भएका छन् । कांग्रेसले अप्रत्यासित हार व्यहोरेपछि उनी यस्तो तयारीमा लागेको बताइएको छ ।
‘देउवाजीको राजीनामा दिने आन्तरिक निर्णय भइसकेको छ । यस विषयमा उहाँले आफु निकटहरुसँग पनि छलफल गरिसक्नुभएको छ ।’ देउवा निकट कांग्रेसका एक बरिस्ट नेताले भने, ‘कांग्रेसको मतपरिणाम स्थिति निकै नै नाजुक भयो । यतिसम्म होला भन्ने सोचेका पनि थिएनौं । अव नैतिकताका आधारमा पनि राजीनामा दिनुको विकल्प नभएपछी उहाँले राजीनामा दिने तयारी गर्नुभएको छ ।’ ती नेताले अर्थ सरोकार डटकमसँग भने ।
‘यसैपनि चुनावपछी प्रकृयागत रुपमा नयाँ सरकार आउने छ । कांग्रेसको यो अवस्थामा कुर्सीमा बसीहरहनु पनि ठिक छैन ।’ अत्न्यमा ती नेताले भने, ‘चुनावको परिणाम सबैतिर आइसकेपछी देशबासीका नाममा सम्बोधन गर्दै उहाँले प्रधानमन्त्री पदबाट राजीनामा दिनुहुनेछ भने लगत्तै कांग्रेस सभापतिको पदबाट पनि राजीनामा दिनुहुनेछ।’            
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: