चुनावको मुखमा खुस्कियो उद्योग राज्यमन्त्रीको मन्त्री पद, आफ्नै पार्टीले यस्तो कार्वाही !


काठमाडौँ- चुनावको मुखैमा उद्योग राज्यमन्त्री रेशम बहादुर लामाको मन्त्री पद गुमेको छ । उनलाई आफ्नै पार्टी राप्रपा (प्रजातान्त्रिक) ले पार्टीबाट निष्काशित गरेपछी सो पार्टीले लामालाई राज्यमन्त्री पदबाट समेत हटाउन सरकारलाई सिफारिस गरेको छ ।

पार्टीका महामन्त्री समेत रहेका लामालाई अध्यक्ष पशुपति शम्शेर राणाले पार्टीबाट निष्काशित गरेका हुन् । लामाले पार्टी हित र लोकतान्त्रिक गठबन्धन विपरीत काम गरेको भन्दै उनलाई कारबाही गरिएको राणाले जनाएका छन् ।

शेर बहादुर देउवाले भने अव को मन्त्री पठाउने भन्ने विषयमा राप्रपा (प्रजातान्त्रिक)सँग सल्लाह गरिरहेको बुझिएको छ ।  
प्रकाशित : Saturday, December 02, 2017

recent

Popular Posts