गाउँपालिका वडाध्यक्षकै चारवटा कोठी ‘यौनगृह’ !

काठमाडौं । गाउँपालिका वडाध्यक्षले नै भारतका विभिन्न ठाँउमा चारवटा कोठी ‘यौनगृह’ संचालन गर्दै आएको छ ।

नुवाकोटस्थित दुप्चेश्वर गाउँपालिका १ का वडाध्यक्ष सुनबहादुर तामाङलाई महिला बेचविखनको आरोपमा प्रहरी हिरासतमा रहेका छन्। तामाङले भारतका विभिन्न चार स्थानमा कोठी यौनगृह सञ्चालन गरको तथ्य खुलेको छ । आजको नयाँ पत्रिकामा खबर छापिएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ुसिआईबीुले तामाङलाई बुधबार अपराहन दुप्चेश्वर गाउँपालिका १ घ्याङफेदीस्थित वडा कार्यालयबाटै पक्राउ गरेको थियो । प्रहरीका अनुसार तामाङले भारतका नयाँदिल्ल कोलकाता र मुम्बाई गरी चार ठाउँमा कोठी सञ्चालन गरिरहेका छन् ।
प्रकाशित : Tuesday, December 26, 2017

recent

Popular Posts