×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चितवनमा एमाले र माओवादीका विद्यार्थी संगठनबीच झडप, दुई जना घाइते

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १९ पुष २०७४, बुधबार

PRIME CA
laxmi sunrise bank

चितवनमा एमाले र माओवादीका विद्यार्थी संगठनबीच झडप, दुई जना घाइते

चितवन – नेकपा एमाले र माओवादी केन्द्र  पार्टी एकताका लागि तयार भएका बेला चितवनको रामपुरमा एमाले र माओवादीका विद्यार्थी संगठनबीच झडप भएको छ ।
उक्त झडप कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा बीएससी सेकेण्ड सेमेस्टरमा पढ्ने विद्यार्थीको कक्षा मनिटर चयनका विषयलाई लिएर भएको हो ।
त्यस झडपमा किसन घिमिरे र विकलचन्द्र श्रेष्ठ दुई जना घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । दुवै घाइतेको टाउँकोमा चोट लागेको छ । क्याम्पस परिसरमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: