×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानमन्त्री शेरबहादुर देउवाको निवास घेराऊ, झण्डै तालाबन्दी !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २३ पुष २०७४, आईतवार

PRIME CA
laxmi sunrise bank

प्रधानमन्त्री शेरबहादुर देउवाको निवास घेराऊ, झण्डै तालाबन्दी !

काठमाडौं – धनकुटाबाट काठमाडौँ आएका सर्वसाधारणहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास घेराऊ गरेका छन्  । धनकुटावासीले आइतबार प्रदेश नम्बर १ को राजधानी धनकुटा हुनुपर्ने मागसहित   प्रधानमन्त्रीको निवास घेराउ गरेका हुन्।
धनकुटालाई प्रदेश राजधानी माग गर्दै आन्दोलन गरिरहेको प्रदेशिक राजधानी धनकुटा निर्माण समितिको अगुवाईमा बालुवाटारमा धनकुटेली जनताले आइतबार बिहान साढे ८ देखि ११ बजेसम्म धर्ना दिएका थिए । भौतिक पूर्वाधार ,सार्मथ्य, सुरक्षा र भौगोलिक सुन्दरता सबैमा धनकुटा राजधानी हुन लायक रहेको उनीहरुको तर्क छ ।
धर्ना कार्यक्रम सोमबार पनि रहेको समितिका सदस्यहरुले जनाएका छन् । धर्ना कार्यक्रममा राजनीतकि दलका अगुवा, सामाजिक व्यक्तित्व तथा धनकुटा घर भएर काठमाडौंमा बसोबास गरिरहेका धनकुटेलीको उल्लेख्य सहभागिता थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: