साढे ११ लाख सरकारी पैसा बोकेर गाउँपालिकाको टोली हिड्यो !

संघीयता अवलोकन अध्ययन भ्रमणको नाममा गुठीचौर गाउँपालीकाको २७ सदस्यीय टोली भारत भ्रमणमा गएको छ । सरकारी पैसाको दुरुपयोग गर्दै गाउँपालीका अध्यक्ष हरिबहादुर भण्डारीको नेतृत्वमा सरकारी कर्मचारी सहितको टोली भारत भ्रमणमा गएको खुलेको हो ।

गाउँपालिकाको टोली साढे ११ लाख रुपैयाँ लिएर संघीयता अवलोकन अध्ययन भ्रमणको नाममा भारतको सिक्किम र दार्जिलिङ्ग हिँडेको हो । भ्रमणका लागि लुम्बिनी, इलाम, काठमाडौं समेत छानिएको गाँउपालिका स्रोतले बतायो ।

सरकारी कर्मचारी सहित जनप्रतिनिधिको टोली १० दिने भ्रमणमा हिँडेपछि गाँउपालिकाको दैनिक सेवा समेत रोकिएको स्थानीयले बताए । १० दिने संघीयता अवलोकन अध्ययन भ्रमण कार्ययोजना गाउँकार्यपालिकाबाट पास भएको भ्रमण टोलीका सदस्य तथा वडाध्यक्ष जग्गप्रसाद जैशीले जानकारी दिए । भ्रमण टोली सिक्किम र दार्जिलिङ्गमा मात्र करिब एकसाता घुम्ने योजनामा छ ।

यता भ्रमण टोलीका नेतृत्वकर्ता तथा गाँउपालिका अध्यक्ष हरिबहादुर भण्डारीले सिक्किम र दार्जिलिङ्गको विकास निर्माण हेरेर आफ्नो क्षेत्रमा कार्यान्वयन गर्ने तर्क गरे । टोलीमा अध्यक्ष भण्डारी, उपाध्यक्ष जानदेवी ऐडी, कार्यकारी प्रमुख केशवराज शर्मा, गाँउपालिकाका पाँचवटै वडाका अध्यक्ष, वडा सचिव र प्रत्येक वडाबाट २ जना निर्वाचित वडासदस्य लगायत छन् । - अन्नपूर्ण पोस्ट
प्रकाशित : Wednesday, January 24, 2018

recent

Popular Posts