×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लक्ष्मी लघुवित्तको शाखा काभ्रेको भकुण्डेवेसीमा

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १८ पुष २०७४, मंगलवार

PRIME CA
laxmi sunrise bank

लक्ष्मी लघुवित्तको शाखा काभ्रेको भकुण्डेवेसीमा

काठमाडौँ – लक्ष्मी बैंक लिमिटेडको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले काभ्रे जिल्लाको भकुण्डेबेसीमा पौष १७ देखि ५४औ शाखाको विधिवत रुपमा शुभारम्भ गरेको छ । यस वित्तीय संस्थाका संचालक समितीका अध्यक्ष अजय विक्रम शाहूले प्रथम कर्जा वितरण कार्यक्रममा ६ जनालाई कर्जा प्रवाह गरि कारोवार शुभारम्भ गरे । 
लक्ष्मी लघुवित्त वित्तीय संस्था नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त राष्ट्रियस्तरको लघुवित्त संस्था हो । यस संस्थाको अधिकृत पूजी रु.४० करोड तथा चुक्ता पूंजी रु.२४.२० करोड रहेको छ । संस्थाले विपन्न वर्गको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्य लिएको छ । 
संस्थाको केन्द्रीय कार्यलय काठमाण्डौंमा रहेको छ । हाल संस्थामा ६१ हजार भन्दा बढी सदस्यहरु आवद्ध रहेका छन ती सदस्यहरुबाट रु ७६ करोड बचत संकलन तथा रु २ अर्ब ४० करोड लगानीमा रहीरहेको कर्जा रहेको छ । यस संस्थाले ३९ वटा जिल्लाहरुमा आफ्नो शाखा बिस्तार गरेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: