×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भोलि प्रदेश प्रमुख नियुक्त हुँदै, माओवादीको सरकार बन्‍ने प्रदेशमा कवटाल !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २३ पुष २०७४, आईतवार

PRIME CA
laxmi sunrise bank

भोलि प्रदेश प्रमुख नियुक्त हुँदै, माओवादीको सरकार बन्‍ने प्रदेशमा कवटाल !

काठमाडौँ – सरकारले प्रदेश प्रमु्ख नियुक्ति गर्ने तयारी गरेको छ । प्रदेशको अस्थायी तोक्ने र प्रदेश प्रमुखको नियुक्त गर्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएका थिए । तर, बैठकमा कुनै सहमति भएन ।
पाँच पार्टीको बैठकमा एमालेले सहमति नदिएपछि सरकारले एक्लैले प्रदेश प्रमुख नियुक्त गर्ने तयारी गरेको छ । सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले सातओटै प्रदेश प्रमुख नियुक्त गर्ने बताइएको छ ।
सहमति भएको भए नेकपा एमाले र माओवादी केन्द्रले सिफारिस गरेका व्यक्ति पर्ने भएपनि सहमति भएको हुँदा सरकार आफैले चाहेका व्यक्तिलाई तोक्ने तयारी गरेको बताइएको छ । प्रदेश प्रमुख आलंकारी पद भएपनि महत्वपूर्ण मानिएको छ । राजनीतिक नियुक्त गर्ने संवैधानिक व्यस्था छ ।
सरकारले कसलाई प्रदेश प्रमुखको रुपमा पठाउला भन्ने चाँसो बढेको छ । प्रधानमन्त्री देउवाले त्यसको लागि व्यापक छलफलमा रहेको काँग्रेस नेताहरुले बताएका छन् ।
काँगेस स्रोतका अनुसार पूर्वप्रधानसेनापति रुकमांगत कटवाल, त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमा, सर्वोच्च अदालतका पूर्वन्यायाधीश रामनगिना सिंह, पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल र माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालालगायतको पहिलो श्रेणीमा राखिएको छ ।
काँग्रेस स्रोतका अनु्सार माओवादी केन्द्रले सरकार चलाउने सम्भावना रहेका ६ नम्बर र ७ नम्बर प्रदेशमा कटवाललाई पठाउने तयारी भइरहेको छ । माओवादीसँगको कटवालको पूरानो दुश्‍मनीलाई उपयोग गर्ने सरकारले बताइएको छ ।
विभिन्‍न कारणले नाम चलेका उनीहरुलाई नियुक्त गर्दा एमाले र माकेलाई विरोध गर्न नसक्ने अनुमान काँग्रेसले गरेको छ । माथि नाम लिइएका सबै काँग्रेस निकट ब्यक्तिहरु हुन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: