×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कांग्रेसका ४ समानुपातिक सांसदको नाम सच्याइयो, क-कसको चम्क्यो भाग्य ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २० पुष २०७४, बिहीबार

PRIME CA
laxmi sunrise bank

कांग्रेसका ४ समानुपातिक सांसदको नाम सच्याइयो, क-कसको चम्क्यो भाग्य ?

काठमाडौं – नेपाली कांग्रेसले समानुपातिक सूचिका चार सांसदको नाम सच्याएको छ । सच्याइएको अन्तिम नामावली निर्वाचन आयोगमा बुझाएको छ । उम्मेद्धारी दर्ता गर्दा बुझाइएको बन्दसूचि र पछि पेश गरेको सूचिमा फेरबदल भएको भन्दै कांग्रेससहित पाँच दललाई निर्वाचन आयोगले पत्राचार गरेको थियो ।
नेपाली कांग्रेसले खसआर्य महिलातर्फ समानुपातिक उम्मेद्धारको सूचि बुझाउँदा शान्ता पौडेलको नाम एक नम्वरमा थियो । तर समानुपातिक सांसदको अन्तिम सूचि बुझाउँदा तीन नम्वर क्रमसंख्यामा रहेकी सीतादेवी पौडेलको नाम सिफारिस गरेको थियो ।
आयोगले असहमति जनाएपछि कांग्रेसले सीतादेवीको नाम हटाएर पुन शान्ता पौडेलको नाम पठाएको छ । त्यसैगरी प्रदेश नम्वर १ मा टेकचन्द्र विश्वासको नाम हटाएर कल्पनाकुमारी सरदारको नाम निर्वाचन आयोगमा बुझाएको छ ।
प्रदेश नम्वर २ बाट सलमा खातुनको नाम पठाएको थियो । तर सच्याइएको सूचिबाट खातुनको नाम हटेको छ । उनको स्थानमा आदिवासी जनजातीबाट शोभा लामाको नाम बुझाइएको छ । प्रदेश नम्वर ५ की सूर्यमति उपाध्यायको नाम पनि सच्याइएको छ । उनको सट्टा शान्तिदेवी वर्मा सोनारलाई दलित कोटाबाट सांसद बनाइएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: