प्रधाानमन्त्री पत्नी आरजुले पाइनन् टिकट, कांग्रेसबाट को-को राष्ट्रियसभामा चुनाव लर्दै ? (सूचीसहित)

काठमाडौं -  राष्ट्रियसभा सदस्यका लागि नेपाली कांग्रेसले उम्मेदवार छनोट गरी सकेका छन् । नेपाल काँग्रेसले राष्ट्रियसभा सदस्यका लागि १६ जना उम्मेदवार छनोट गरेका छन् । तर, लबिङका बाबजुद प्रधाानमन्त्री पत्नी आरजु देउवाले टिकट पाइनन् ।

शीर्ष नेताहरुको बैठकले प्रदेश ४, ५, ६ र ७ का चार/चार उम्मेदवार छनोट गरेको हो । प्रदेश ७ बाट बद्री पाण्डेले खुला सदस्यचर्फ टिकट पाएका छन् ।

प्रत्येक प्रदेशमा ८/८ (तीन महिला, तीन खुला, एक दलित र एक अपाङ्ग तथा अल्पसंख्यक) सिट हुन्छ । तर, कांग्रेसले चार प्रदेशको ४/४ सिटमा मात्र उम्मेदवारी दिने भएको छ ।

प्रदेश १, २ र ३ को भने उम्मेदवार छनोट हुन बाँकी छ ।

यी हुन् उम्मेदवारहरु 

प्रदेश नम्वर ४

सररेन्द्रराज पाण्डे, अन्य समूह

बृन्दा राना मगर, महिला,

जीतबहादुर नेपाली, दलित

प्रकाश पन्त, अपाङ्ग

प्रदेश नम्वर ५

दुर्गाप्रसाद उपाध्याय, अन्य समूह

अनिता देवकोटा, महिला

मैकुलाल बाल्मीकि, दलित

लुटबहादुर खत्री, अपाङग्

प्रदेश नम्वर ६

विष्णुबहादुर शाही, खुला

सूर्यदेवी मल्ल, महिला

सिताराम विके, दलित

गोपालप्रसाद शर्मा, अपाङ्ग

प्रदेश नम्वर ७

बद्री पाण्डे, खुला

तारादेवी भट्ट, महिला

शेरी राम पार्की, दलित

छत्रराज जोशी, अपाङ्ग
प्रकाशित : Tuesday, January 23, 2018
,

recent

Popular Posts