×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बादल राष्ट्रिय सभाको अध्यक्ष हुने पक्का

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १२ माघ २०७४, शुक्रबार

PRIME CA
laxmi sunrise bank

बादल राष्ट्रिय सभाको अध्यक्ष हुने पक्का

काठमाडौँ – माओवादी नेता रामबहादुर थापा ‘बादल’ राष्ट्रिय सभाको अध्यक्ष बन्ने भएका छन् ।
उनलाई राष्ट्रिय सभा सदस्यमा बाम गठबन्धनका ‘हेवीवेट’ नेता मानिएको छ । अध्यक्ष हुने गरी बादललाई राष्ट्रिय सभा सदस्यमा अघि सारिएकोले पनि उनी निर्विकल्प देखिएका छन् ।
एमालेले पनि बादललाई नै अध्यक्ष बनाउनआफ्नो पार्टीबाट खासै हेभीवेट नेता राष्ट्रिय सभामा नपठाएको दावी गरेको छ । राष्ट्रिय सभाको अध्यक्षको चर्चामा रहेका युवराज ज्ञवाली, अमृतकुमार बोहोरा र महेन्द्र पाण्डे एमालेबाट राष्ट्रिय सभामा गएनन् । राष्ट्रिय सभामा सिफारिस भएकाहरुमध्ये गणेश तिमिल्सिना, खिमलाल भट्टराई र बेदुराम भुसालमात्र एमालेका पोलिटव्युरो सदस्य मात्रै हुन् ।
यता बादल भने माओवादी केन्द्रका महासचिव छन् । राष्ट्रपतिको रुपमा समेत अगाडि सार्नुपर्ने विषयमा माओवादी केन्द्रभित्र बहस भइरहेका बेला उनीलाई राष्ट्रिय सभामा पठाउनुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफलपछि उनलाई राष्ट्रिय सभामा लगिएको स्रोतको दाबी छ । यही सुझबुझका साथ माओवादीले बादललाई राष्ट्रिय सभामा पठायो भने एमालेले कुनै पनि सिनियर नेतालाई राष्ट्रिय सभामै पठाएन ।
पार्टी एकताको औपचारिक प्रक्रिया बाँकी नै रहे पनि एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डलाई आफ्ना पार्टीभित्रको नेताको व्यवस्थापन उत्तिकै टाउको दुखाईको विषय छ । राष्ट्रिय सभाको अध्यक्षमा बादललाई व्यवस्थापन गर्दा राष्ट्रपतिमा अर्को नेताको व्यवस्थापन गर्न सकिन्छ ।
एमालेबाट वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रपतिका लागि आफू तयार रहेको बताइसकेका छन् भने वर्तमान राष्ट्रपति र उपराष्ट्रपति पनि आफै दोहोरिने प्रयत्नमा छन्
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: