चालु आवको छ महिनामा जुम्लाले गर्यो ४ करोड राजश्व संकलन

काठमाडौँ - चालु आर्थिक वर्षको ६ महिनामा करदाता सेवा कार्यालय जुम्लाले चार करोड राजश्व संकलन गरेको छ । कार्यालयले २०७३-०७४ को छ महिनामा ४ करोड राजश्व संकलन गरेको बारे कार्यालयका कर अधिकृत खडानन्द खत्रीले बताए ।

आयकरबाट २ करोड ५३ लाख ७४ हजार ३८८, बहाल करबाट १७ लाख ३१ हजार ९८०, ब्याजकर १ लाख २४ हजार ३८, मूल्य अभिवृद्धि कर ९५ लाख ११ हजार ४०५, शुल्कबाट २३ लाख ६ हजार २३७ र शिक्षा सेवा शुल्क ७१ हजार ८७७ कर उठेको बताइएको छ ।

यस वर्षको लक्ष्य जुम्लाबाट ८ करोड ४२ लाख सात हजार रहेको,खत्रीका अनुसार छ महिनाको लक्ष्यभन्दा दुई प्रतिशत राजश्व बढी उठेको छ । चालु आवको कार्तिक महिनामा मात्र ४२ लाख राजश्व संकलन भएको कार्यालयले जनाएको छ । गत आवमा कार्यालयले ६ करोड ५४ लाख राजश्व उठाएको थियो ।
प्रकाशित : Sunday, January 28, 2018

recent

Popular Posts