×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डोटीमा काँग्रेस ‘शून्य’, राजिनामा दिएर ३५ नेता देउवाको शव यात्रामा

PRIME CA

डोटीमा काँग्रेस ‘शून्य’, राजिनामा दिएर ३५ नेता देउवाको शव यात्रामा

अर्थ सरोकार

प्रकाशित मिति : ४ माघ २०७४, बिहीबार

डोटी – राजधानीको माग गर्दै आन्दोलनरत डोटीबासीले प्रधानमन्त्री शेरबहादुर देउवाको शव यात्रा गरेका छन् । विहीबार विहान प्रधानमन्त्री देउवालाई चितामा राखेर शवयात्रा गरेर अन्त्यस्टि गरेका छन् ।
आफ्नो सरकारले धनगढी अस्थायी सदरमुकाम तोकेपछि डोटीका नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुले राजिनामा दिन थालेका छन् । जिल्लाका ३५ नेताहरुले सामुहिक राजिनामा दिएर देउवाको शवयात्रामा सहभागी भएका थिए ।
त्यसैगरी मुकाम धनगढी राख्न देउवालाई साथ दिएको भन्दै आन्दोनलकारीले माओवादी केन्द्रका नेता लेखराज भट्टको पुत्ला जलाइसकेका थिए । आन्दोलनकारीले आफ्नो माग पूरा नभए नागरिकता फिर्ता गर्ने चेतावनी समेत दिँदै आएका छन् ।
काँग्रेसका डोटी उपसभापति लक्ष्मणबहादुर सिंह, सचिवहरु नारायण जोशी र वीरेन्द्र शाह, कोषाध्यक्ष भरत कठायत, सहसचिव तेजबहादुर लुहार, दिपायल नगरपालिकाका पार्टी नगर सभापति गणेश मलासीसहित ३५ नेताहरुले संयुक्त विज्ञप्ति जारी गरी कांग्रेस परित्यागको घोषणा गरिसकेका छन् ।
काँग्रेसका नेता-कार्यकर्ता र समर्थकहरुले पार्टी सदस्यता त्याग गरेको घोषणा गरिरहेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: