×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डीडीसीमा घोटाला – ४, घ्यू बेचेको ३ करोड रुपैयाँ कर्मचारीले कुम्ल्याएको पुष्टी, ‘दुध-चोर’ हाकिमको पनि मिलेमतो !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २७ पुष २०७४, बिहीबार

PRIME CA
laxmi sunrise bank

डीडीसीमा घोटाला – ४, घ्यू बेचेको ३ करोड रुपैयाँ कर्मचारीले कुम्ल्याएको पुष्टी, ‘दुध-चोर’ हाकिमको पनि मिलेमतो !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- कहिले दुधको ट्यांकरमै कर्मचारीले पिसाव फेरेको घटना त कहिले हाकिमले दुध चोरेको घटना, दुग्ध विकास संस्थान (डिडिसी) जहिलेपनि विवादमै फस्ने गरेको छ । कर्मचारीको हात पेलिएर दुध फाटेको घटनादेखि अहिलेसम्म आइपुग्दा डिडिसी प्राय विवादमै तानिने क्रम रोकिएको छैन । तर अव त डिडिसीमा घ्यू बेचेको पैसा नै कर्मचारीले कुम्ल्याउन थालेका छन् । संस्थानका महाप्रबन्धकको कमजोर व्यवस्थापन, र लाचारीका कारण संस्थान डुब्ने अवस्थामा पुगिसकेको छ । संस्थानका हाकिम इश्वरी प्रसाद न्यौपानेको लाचारीपना सतहमै आएपछी अव संस्थानमा भएका घटनाहरु सार्वजनिक रुपमै आउन थालेका छन् ।
हाकिम न्यौपानेसँगको मिलेमतोमा कर्मचारीहरुले करोडौं रुपैयाँ हिनामिना गरेको पाइएपछी संस्थानको नयाँ सञ्चालक समितिले अनियमितता भएको रकम बुझाउन पत्र काटेको छ । संस्थानमा आएको नयाँ संचालक समितिले पत्र काटेपछि संस्थानभित्रको अनियमितता वाहिर आएको हो । हाकिम न्यौपानेसंगको मिलेमतोमा बालाजु, लैनचौर, हेटौडा,धनगढी लगायतका शाखाबाट ३ करोड बढी बक्यौता देखाएर कर्मचारीहरुले मिलेमतो गरी दुध घ्युको रकम हिनामिना गरेको पाइएको छ । यो काम हाकिमको मिलेमतो विना हुन नसक्ने र हाकिम न्यौपाने पनि यो काममा संलग्न भएको जानकारहरुको भनाइ छ ।
संस्थानमा घोटाला भएको पाइएपछी हिनामिना भएको रकम असुलीका लागि भन्दै संस्थानको सञ्चालक समितिको तर्फबाट अध्यक्ष रघु गौतमले पत्राचार नै गरेका छन् । पत्राचार गर्दै उनले राजस्व हिनामिना र क्षतिपुर्ति गरी ३ करोड रुपैयाँ असुल्न भनेका छन् । सञ्चालक समितिका अध्यक्ष गौतमले गलत गर्ने जोकोहीलाई कारवाही गरीछाड्ने बताएका छन् ।’

यो पनि पढ्नुहोस् :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: