×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल इन्भेष्टमेन्ट बैंकको काउन्टर ट्रमा सेन्टरमा

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १७ पुष २०७४, सोमबार

PRIME CA
laxmi sunrise bank

नेपाल इन्भेष्टमेन्ट बैंकको काउन्टर ट्रमा सेन्टरमा

काठमाडौं –  नेपाल इन्भेष्टमेन्ट बैंकले राष्ट्रिय ट्रमा सेन्टरमा एक्स्टेन्सन काउन्टर खोलेको छ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअन्तर्गतको राष्ट्रिय ट्रमा सेन्टर परिसरमा खोलिएको काउन्टरले ट्रमा सेन्टरको आर्थिक कारोबार गर्न सहयोग गर्नेछ । काउन्टरले ट्रमा सेन्टरमा आउने बिरामीको उपचारका क्रममा टिकट काट्नेदेखि बिल भुक्तानीमा पनि सहयोग गर्नेछ ।
नेपाल इन्भेष्टमेन्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशका विभिन्न कला तथा सांस्कृति एवम् पुरातात्विक क्षेत्रमा सहयोग पु¥याउँदै आएको छ । यसै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ३६५ दिन, २४ सै घण्टा सेवा सञ्चालन हुने गरी ट्रमा सेन्टरमा एक्स्टेन्सन काउन्टर खोलेको हो ।
बैंकले निकट भविष्यमै ट्रमा सेन्टरको परिसरमै आफनो ९८औं एटीएम सञ्चालनमा ल्याउने छ । राष्ट्रिय ट्रमा सेन्टरको प्रवेशद्वारमा रहने एटीएमबाट अस्पतालमा आउने सेवाग्राहीका साथै सर्वसाधारणले पनि सेवा लिन सक्नेछन् ।
आठ लाखभन्दा बढी उपभोक्ता रहेको बैंकको हाल ६३ वटा शाखा (नारायणगढ र पर्सा शाखा स्थानान्तरनको प्रक्रियासहित) तथा ९७ वटा एटीएम पुगेको छ । ५ लाख ५० हजारभन्दा बढी भिसा डेविट कार्ड प्रयोगकर्ता रहेको नेपाल इन्भेष्टमेन्ट बैंकको ५४ वटा शाखारहित बैंकिङ सुविधाका साथै ३०० बढी भिसा तथा एनपीएन सदस्य बैंकका एटीएम रहेको छ । निजी क्षेत्रमा सर्वाधिक चुक्ता पुँजी १० दशलव ६३ अर्ब रहेको यस बैंकको हाल निक्षेप १३१ अर्ब तथा कुल कर्जा लगानी १०७ अर्ब रुपैयाँ पुगेको छ ।नेपाल इन्भेष्टमेन्ट बैंकले ‘बैंक अफ दि इयर’ उपाधि पाँचपटक प्राप्त गरिसकेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: