हे 'हुतिहारा' सरकार ! कि शान्ति सुरक्षा देउ, कि मलाइ हिटलर बनाइदेउ !

  • प्रताप शर्मा 

भाषण गर्नेहरुले त खुब भन्छन्, 'देशमा शान्ति छ, सुरक्षा छ ।' म कसरी मानौं कि यहाँ शान्ति छ भनेर । विहान घरबाट निस्केको छोराको बेलुका लास फेला पर्दछ, अफिस जान्छु है भन्दै घरबाट निस्केका छोरीबुहारी बेलुका बलत्‍कृत बनेर घर फर्किन्छिन् । मलाई अन्याय भयो हजुर भन्दै न्याय खोज्दा पनि न्यायको अनुभुति हुन सक्दैन । अझ पीडित परिवारमाथि ज्यादाती गर्न राजनीतिको हैकम पगारिन्छ । न्याय खोज्दाखोज्दै चरम निराशा बटुलेका ती पीडित परिवारहरु अन्तत बिद्रोहको मशाल हुने गर्दछन । 

अनि समाजमा जान्ने-बुझ्ने कहलिएकाले फेरी प्रश्न गर्छन्, 'कसरी हुन्छ त बिद्रोह ?' हामीले बारम्बार कुनै अमुक व्यक्तिलाई बिद्रोहीको ट्याग त लगाइदिन्छौ तर उ कसरी बिद्रोही बन्न पर्ने बातावरण बन्यो त्यसको सामाजिक कारणको जगलाई हेर्दैनौ । चोरले चोर्यो त्यो त्यती धेरै मह्त्वको बिषय होइन, त्यो चोरलाई चोर्न प्रेरित गर्ने अमुक कारणहरुको अध्ययन बिना चोरी नियन्तरणमा आउन सक्दैन । गरीवी र बेरोजगारीबाट प्रताडीत जनतासँग आखिर बिकल्प के छ ? एउटा गरीबको छोरो मेहनतका साथ आफ्नो अध्ययन अगाडि बढाउदै डाक्टर ,ईन्जिनियर बन्ने सपना देख्दछ तर पैसाकै अभावमा उसका सारा सपनाहरु तोडिन्छन अनी यो राज्यमाथि प्रश्न गर्ने अवस्था आउँछ । 

आखिर के गरीब हुनु समस्या थियो त ? समस्या त राज्यको नागरिकप्रतिको व्यवस्थापकीय क्षमतामा हो । आफ्नो देशका नागरिकको पूर्ण जिम्मा लिन नसक्नु नै राज्यप्रति जनताको असन्तुष्टीको पहिलो आधार हो । राज्यनै जनताप्रति उत्तरदायी हुन सकेन भने जनता राज्यप्रति उत्तरदायी हुनुपर्ने कही कतै छ र ? यहाँ नेर नै , राज्य जनताप्रति उत्तरदायी हुनुपर्यो भन्दै खबर्दारी सुरु हुन्छ र त्यो खबरदारीलाई यथास्थितीवादी राज्यका अवयवहरुले बिद्रोहको रुपमा पारीभासित गर्दछन । 

पूँजीवादी समाजमा जतासुकैबाट गरीबहरुमाथि यो वा त्यो ढंग बाट दमन हुने गर्दछ । आज नेपाली समाजमा पूँजी केन्द्रित दमननै मुख्य समस्या हो । गरीवले गुणस्तर सहितको स्वास्थ्य सेवा नपाउनु र पैसाकै अभावमा एउटा छोरोले आफ्नी आमाको देहत्याग स्विकार्नु पर्ने अहिलेको अवस्थामा कसरी भनौ राज्यले गरिव जनताको स्वास्थ्यको निम्ति उत्तरदायी छ भनेर ? चरम निराशामा गरीवीको रेखामा बसेका जनता राज्यसँग सन्तुष्ट हुनुपर्ने आधार के छन् त ? दिनभरी ज्याला मजदूरी गरेर पेट पाल्ने श्रमिकहरुले अपनत्व ठान्ने त्यो राज्य के यहाँ निर्माण हुन सक्यो । बर्गीय विभेदले प्रसय पाउँदै न्यायिक समानता प्राप्तीमा पनि समान पहुँच हुन नसक्नु उदेक लाग्दो बिषय हो । कति कुरा रहरले भन्दा बढी बाध्यताबाट हुने गर्दछन । 

एउटा गरीवले सरकारी सम्यन्त्रबाट काम पूर्ण गराउन नै सक्दैन । किनकी भ्रष्टाचारको जालो संस्थागत छ । घुस्याहा कर्मचारीतन्त्रलाईज्यु हजुरी गर्दै भेटी नचढाएसम्म न काम हुन्छ न कामबाट मुक्ति, जनता जतासुकैबाट आजित भएको अवस्थाले नै सम्भावित बिद्रोहको श्रीजनाको आधार खडा गर्दछ । बिडम्बना छ, शिक्षित भनेका युवा जनशक्तिले नेताहरुको भजन गाउदै अन्धभक्तवाद प्रदर्शन गरीरहनुपर्ने अवस्था छ । नेताले जनतालाई तिमीहरु भेडा हौ भन्दा पनि ताली बजाउनु पर्ने यो हाम्रो सामाजिक सचेतनालाई पनि धन्यवाद दिनैपर्ने होला । 

देश बनोस , शान्ति सुरक्षा कायम होस् । गरीवका लागि पनि बाच्ने वातावरण होस् , यो राज्य गरीवको पनि हो भन्ने होस् अन्यथा ईतिहासका प्रत्यक दशकमा एउटा बिद्रोह सुरु भएको तितो यथार्थ हामी सामु छ जुन फेरी नदोहोरियोस भन्न आजै सचेत हुन जरुरी छ । प्रयोग गर अनि फ्याकिदेउ, बिभाजन गर अनि राज गर भन्ने रुढीबाधी चिन्तन अब नेताहरुले सच्चाउनु पर्दछ । नत्र जनता अव हिटलर बन्ने दिन धेरै छैन । 

हे सरकार मलाइ पनि शान्ति सुरक्षा देउ ! कि मलाइ हिटलर बनाइदेउ !

लेखकबाट यी सामाग्री छुटे कि ?


यी पनि प्रताप शर्माकै लेख हुन् :
प्रकाशित : Tuesday, January 16, 2018

recent

Popular Posts