×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यी हुन् ४० करोडको लोभ देखाएर कन्या खोज्ने ब्राम्हण, केटि फकाउन पत्रिकामै बिज्ञापन !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २८ पुष २०७४, शुक्रबार

PRIME CA
laxmi sunrise bank

यी हुन् ४० करोडको लोभ देखाएर कन्या खोज्ने ब्राम्हण, केटि फकाउन पत्रिकामै बिज्ञापन !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- पत्रिकामा विवाह सम्बन्धि जानकारी दिने चलन पूरानो हो । तर एक ब्राह्मणले ४० करोड रुपैयाँको सम्पत्तिको फुर्ती लगाएर कन्या चाहियो भन्दै विज्ञापन गरेका छन् । त्यसमा पनि कम उमेर भएको कन्या चाहियो भन्दै विज्ञापन गरेका विद्या प्रसाद गौतमले आफुलाई अधबैंशे ब्राह्मण समेत भनेका थिए । तर अधबैंशे भनिएका उनी निकै बुढा व्यक्ति भएको र उनको कुल सम्पत्ति पनि ४० करोड नभएको बुझिएको छ । झट्ट हेर्दा ६० काटेका जस्ता देखिने उनले कम उमेरका कन्यालाई प्राथमिकता दिने भनेका छन् । जवकि योसमेत गैरकानुनी काम हो ।  
उनले केहि समयअघि केटि चाहियो भन्दै पत्रिकामा बिज्ञापन समेत गरेका थिए । फेसबुकमा उनको नम्बर सर्च गर्दा उनले फेसबुकमा आफ्नो नाम विद्याप्रसाद गौतम नाम राखेका छन् । उनको प्रोफाइलको फोटो हेर्ने हो भनेपनि उनी निकै बुढा देखिन्छन् । बुढो अनुहारलाइ चस्मा लगाएर उनले आफुलाई अधबैंशे देखाउन खोजेका छन् ।
यद्यपी उनी निकटका केहि आफन्तले उनी निकै बुढा भएको र उनको सम्पत्ति ४० करोड रुपैयाँ पनि नभएको बताएका छन् । यसरी खुलेआम राष्ट्रिय दैनिकमा बिज्ञापन गरेर सम्पत्तिको लोभका केटि फकाउने उनको हर्कतमा कोहि बोलेका छैनन् ।
नियम अनुसार कुनै पनि विवाहमा सम्पत्तिको फुर्ती लगाउने, सम्पत्ति देखाएर प्रभावमा पार्ने काम गर्न पाइँदैन । तर गौतमको यस्तो हर्कत सार्वजनिक हुँदा पनि कोहि पनि बोलेका छैनन् ।        
  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: