×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पर्यटन क्षेत्र विस्तारका लागि १ करोड ७३ लाख बजेट विनियोजन

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १२ माघ २०७४, शुक्रबार

PRIME CA
laxmi sunrise bank

पर्यटन क्षेत्र विस्तारका लागि १ करोड ७३ लाख बजेट विनियोजन

चितवन – पूर्वी चितवनको खैरहनी नगरपालिकाले पर्यटन क्षेत्र विस्तारका लागि एक करोड ७३ लाख बजेट विनियोजन गरेको छ ।
उक्त नगरपालिकाले सौराहा र कुमरोजलाई जोडेर अन्य क्षेत्रमा समेत पर्यटन विस्तार गर्ने काम शुरु गरेको खैरहनी नगरपालिकाका प्रमुख लालमणि चौधरीले जानकारी दिए ।
पर्यटन विस्तारका लागि रु एक करोड ७३ लाख बजेट छुट्याइएको छ । पर्यटनका हिसाबले सौराहाबाट कुमरोज जोडिएको र त्यसलाई अझ विस्तार गर्दै कठार र कङ्काल सामुदायिक वनसम्म पु¥याउने योजना नगरपालिकाले अघि सारेको उनको भनाइ छ ।
नगरको पर्यटकीय महत्व बोकेको कङ्काली सामुदायिक वनमा मचान (भ्यू टावर) निर्माणका लागि ५९ लाख, वनभोज स्थललगायत पूर्वाधार निर्माणका लागि २९ लाख, कुमरोज सामुदायिक वनमा मेसजाली निर्माणका लागि १५ लाख र भ्यू टावरका लागि रु ४० लाख बजेट विनियोजन गरिएको छ ।
खगेन्द्रमल्ली मध्यवर्ती उपभोक्ता समितिअन्तर्गत रहेको वन, कुमरोज वन र कुचकुचे वन जोड्ने गरी पर्यटन मार्ग निर्माणका लागि ३० लाख विनियोजन गरेर काम भइरहेको खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरीले बताए ।
सो मार्ग निर्माण भएपछि कुमरोजको जिप सफारी समेत विस्तार हुने कुमरोज मध्यवर्ती सामुदायिक वनका कार्यालय सचिव भरतप्रसाद नेपालले जानकारी दिए । सौराहा आउने पर्यटक घुम्न आउँदा कुमरोजमा चिया खाने, कठार पुग्दा खाना खाने र कङ्काली पुग्दा खाजा खाने गरी गतिविधि सञ्चालन गर्न सके यहाँका स्थानीयवासीको आयआर्जनमा समेत वृद्धि हुने नगर प्रमुख चौधरीको भनार्इ छ ।
खैहरनी नगरपालिकाको कुमरोज र कठार क्षेत्र चितवन निकुञ्जसँग जोडिएको राप्ती नदी र वन्यजन्तुको वासस्थान हो । जहाँ पर्यटक जिप सफारी, हात्ती सफारी, पैदलवाक तथा मचानमा बसेर वन्यजन्तु, चराचुरुङ्गी हेर्न र दृष्यावलोकन गर्न मन पराउछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: