×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एसियन लाइफको हकप्रद खुल्न ५ दिन बाकी, यस्तो छ सेयर भर्ने ठाउँ

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ७ फाल्गुन २०७४, सोमबार

PRIME CA
laxmi sunrise bank

एसियन लाइफको हकप्रद खुल्न ५ दिन बाकी, यस्तो छ सेयर भर्ने ठाउँ

  • अर्थ सरोकार सम्बाददाता  
काठमाडौं – फागुन १३ गतेदेखि एसियन लाइफ इन्सुरेन्सको ५०% हकप्रद खुल्ने भएको छ । अब यो सेयर खुल्न  ५ दिन मात्र बाँकी रहेको छ । कम्पनीले  चैत १८ गतेसम्म ४० लाख २७ हजार ९६६.२० कित्ता हकप्रद सेयर बिक्री खुला गर्न लागेको हो । हाल एसियन लाइफको चुक्ता पुँजी ८० करोड ५५ लाख ९३ हजार रुपैयाँ रहेको छ । हकप्रद सेयर बिक्रीपछि भने कम्पनीको चुक्ता पुँजी १ अर्ब २० करोड ८३ लाख ८९ हजार रुपैयाँ पुग्नेछ । 
एनआइबीएल क्यापिटल मार्केट्स लाजिम्पाट काठमाडौं तथा शाखा कार्यालयहरु लगनखेल ललितपुर र पोखरा चिप्लेढुंगाबाट पनि भर्न सकिने सुविधा छ । त्यसैगरी, एसियन लाइफ इन्सुरेन्सको मुख्य कार्यालय मैतीदेवी काठमाडौंसहित यसका अधिकांश शाखा कार्यालय र धितोपत्र बोर्डबाट इजाजत प्राप्त आस्वा सेवामा सहभागी सबै बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: