×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रियसभामा देउवाले सिफारिस गरेका ३ जनाको नाम फिर्ता लिइने

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ४ फाल्गुन २०७४, शुक्रबार

PRIME CA
laxmi sunrise bank

राष्ट्रियसभामा देउवाले सिफारिस गरेका ३ जनाको नाम फिर्ता लिइने

काठमाडौँ – केपी ओली नेतृत्वको नयाँ सरकारले शेरबहादुर देउवाको सरकारले अन्तिम समयमा आएर राष्ट्रियसभा सदस्यका लागि सिफारिस गरेका ३ व्यक्तिको नाम फिर्ता लिने निर्णय गरेको छ। एकलौटी रुपमा देउवाले सिफारिस गरी पठाएका ती व्यक्तिहरुको नाम राष्ट्रपति कार्यालयमै थन्किएको छ ।
देउवा सरकारले कांग्रेस कार्यकर्ता कृष्णप्रसाद पौडेल, गोपाल बस्नेत र चाँदनी जोशीलाई राष्ट्रियसभा सदस्य मनोनयनका लागि सिफारिस गरेको थियो । तर, राष्ट्रपति कार्यालयले सो सिफारिस अध्ययन गर्न बाँकी रहेको र परामर्श गर्नुपर्ने भन्दै थन्क्याएको थियो । नयाँ सरकारले नयाँ नाम सिफारिस गर्ने एमालेका एक शीर्षस्थ नेताले बताए । वाम गठबन्धनमा सल्लाह गरेर उपयुक्त नाम सरकारले सिफारिस गर्ने र यसअघिको सिफारिस फिर्ता लिइने उनले बताए ।
संविधानअनुसार राष्ट्रियसभामा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले ३ जना मनोनित गर्ने व्यवस्था छ । यसअघि प्रदेशगत निर्वाचनबाट ५६ जना निर्वाचित भएर आइसकेका छन् । अब तीन जनाको मनोनयन नयाँ सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने शीतलनिवास स्रोतले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: