सुनको मुल्य वृद्धि, हेर्नुस् कतिमा हुँदैछ कारोबार ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको दोश्रो दिन सोमबार सुनको मूल्य बढेको छ । आइतबार प्रति तोला ५६ हजार ८ सयमा कारोबार भइरहेको छापावाला सुन आज २ सयले बढेर प्रति तोला ५७ हजार मुल्यमा कारोबार भइ रहेको छ ।

त्यस्तै गरि चाँदी मूल्य स्थिर रहेर प्रति तोला ७ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ४८ हजार ८ सय ७० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ३० रुपैयाँ कायम गरेको छ।
प्रकाशित : Monday, February 12, 2018
,

recent

Popular Posts