आज पनि बढ्यो सुनको मूल्य, हेर्नुस् आज कतिमा हुँदैछ कारोबार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको पाँचौ दिन बिहिबार सुनचाँदीको मूल्य बढेको छ । बुधबार प्रति तोला ५७ हजार ४ सयमा कारोबार भइरहेको छापावाला सुन आज ५ सयले बढेर ५७ हजार ९ सय मुल्यमा कारोबार भइ रहेको छ ।

त्यस्तै गरि चाँदी मूल्य १० रुपैयाँले बढेर प्रति तोला ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहिबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ४९ हजार ६ सय ४० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ४३ रुपैयाँ कायम गरेको छ।
प्रकाशित : Thursday, February 15, 2018
,

recent

Popular Posts