निरन्तर घट्दै सुनको मूल्य, हेर्नुस् कतिमा हुँदैछ कारोबार ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको पाँचौ दिन बिहिबार सुनचाँदीको मूल्य घटेको छ । बुधबार प्रति तोला ५७ हजार १ सयमा कारोबार भइरहेको छापावाला सुन आज ५ सयले घटेर प्रति तोला ५६ हजार ६ सय मुल्यमा कारोबार भइ रहेको छ ।

त्यस्तै गरि चाँदी मूल्य १० रुपैयाँले घटेर प्रति तोला ७ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहिबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ४८ हजार ५ सय २५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ३० रुपैयाँ कायम गरेको छ।
प्रकाशित : Thursday, February 08, 2018
,

recent

Popular Posts