×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

३१.४ तोला चाँदी र नगदसहित भारतीय ३ नागरिक पक्राउ

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २ फाल्गुन २०७४, बुधबार

PRIME CA
laxmi sunrise bank

३१.४ तोला चाँदी र नगदसहित भारतीय ३ नागरिक पक्राउ

काठमाडौँ – सशस्त्र प्रहरीले ३१.४ तोला चाँदीसहित ३ जना भारतीय नागरिकलाई पक्राउ गरेका छन् ।
ज ६ प ४२१४ नम्बरको सुजुकी मोटरसाइकलमा चढेर भारतबाट नेपाल आउँदै गरेको क्रममा सम्सीको सशस्त्र प्रहरी चेकपोस्टमा कार्यरत सशस्त्र प्रहरीले चेकजाँच गर्दा चाँदी र नगदसहित उनीहरु पक्राउ परेका हुन् ।
उनीहरुसँग ३४ हजार ४ सय नेपाली रुपैयाँ, २१ हजार ३ सय ७० भारतीय रुपैयाँ र एकथान मोबाइलसमेत बरामद भएको सम्सीस्थित शसस्त्र प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा भारतको सितामढी बस्ने २१ वर्षका अजयकुमार साह, २२ वर्षका विक्कीकुमार साह र २८ वर्षका राजु साह रहेका छन् । सशस्त्र प्रहरीले पक्राउ परेका तीनै जनालाई जलेश्वर भन्सार कार्यालय, मलिवारामा बुझाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: