×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ज्योति लाइफको आइपीओ आउँदै, को-को भए सञ्चालक समितिमा निर्वाचित ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २ फाल्गुन २०७४, बुधबार

PRIME CA
laxmi sunrise bank

ज्योति लाइफको आइपीओ आउँदै, को-को भए सञ्चालक समितिमा निर्वाचित ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – ज्योति लाइफ इन्सुरेन्सले ६६ लाख कित्ता अइपीओ जारी गर्ने भएको छ । माघ १० गते बसेको कम्पनीको साधारण सभाले आइपीओ जारी गर्ने प्रस्ताव पारित गरेको हो । सभाले जारी पुँजी २ अर्ब २० करोड रुपैयाँको ३०% आइपीओ जारी गर्ने निर्णय गरेको हो । जारी पुँजीको ७०% ले हुने १ अर्ब ५४ करोड रुपैयाँ भने संस्थापक सेयरधनीबाट चुक्ता भइसकेको छ । 
कम्पनीले बाँकी पुँजी सर्वसाधारणमा आइपीओ बिक्री गरेर पुर्याउन लागेको हो । माघ १० गते बसेको सभाले संस्थापक समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ४ जनाको निर्वाचन पनि गरेको छ । संस्थापक सेयरधनीको तर्फबाट पशुपति मुरारका, आकाश गोल्छा, नन्द किशोर शर्मा र शर्मिला श्रेष्ठ महर्जन निर्विरोध निर्वाचित भएका हुन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: