×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनसीसीको संस्थापक सेयर लिलामी भर्नेे आज अन्तिम म्याद

PRIME CA

एनसीसीको संस्थापक सेयर लिलामी भर्नेे आज अन्तिम म्याद

३ फाल्गुन २०७४, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – फागुन ३ गते एनसीसी बैंकको ७० लाख कित्ता संस्थापक सेयर लिलामीमा भर्ने अन्तिम म्याद रहेको छ । आवेदकले बिहीबार कार्यालय समयभित्र लिलामीमा आवेदन  दिसक्नु पर्नेछ । बैंकले माघ १८ गतेदेखि संस्थापक समूहको सेयर बिक्री खुला गरेको हो । सेयरको न्यूनतम मूल्य भने २१० रुपैयाँ तोकिएको छ । आवेदकले यही २१० रुपैयाँलाई आधार मानेर बोलकबोलका माध्यमबाट आवेदन दिनुपर्नेछ । लिलामीमा इच्छुक व्यक्ति र कम्पनी दुवैले आवेदन दिन सक्नेछन् ।
आवेदकले बिक्री प्रबन्धक सीबीआइएल क्यापिटल लिमिटेड बाटुलेघर डिल्लीबजार काठमाडौं पुग्ने गरी आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १०० कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन दिन पाइनेछ । एनबी समूहले नै सेयर बिक्री गर्न लागेकाले संस्थापकतर्फको भारी सेयर बजारमा आएको हो । बोलपत्र फागुन ६ गते बिक्री प्रबन्धक सीबीआइएल क्यापिटल लिमिटेड बाटुलेघर, डिल्लीबजार काठमाडौंमा बिहान १० बजे खोलिनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: