×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुष्माको सुझाव कार्यान्वयन गर्दै ओली, उपेन्द्र-महन्थ सरकारमा जान तयार

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ६ फाल्गुन २०७४, आईतवार

PRIME CA
laxmi sunrise bank

सुष्माको सुझाव कार्यान्वयन गर्दै ओली, उपेन्द्र-महन्थ सरकारमा जान तयार

काठमाडौं – नेकपा एमाले र माओवादी केन्द्रको एकता नयाँ चरणमा प्रवेश गरेको छ । पार्टी एकतालाई अगाडि सारेर सरकारमा नगएको माकेलाई बाइपास गरेर प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले मधेसी दलहरुसँग गोप्य वार्ता गरेका छन् ।
सरकारलाई समर्थन गरेका प्रचण्डलाई सुइको समेत नदिएर ओलीले मधेसी दलहरुसँग गोप्य वार्ता गरेका छन् । ओलीले राष्ट्रिय जनता राष्ट्रिय जनता पार्टी, नेपाल र संघीय समाजवादी फोरमका शिर्ष नेताहरुसँगै गोप्य वार्ता गरेका हुन् ।
प्रधानमन्त्री ओलीले फोरम अध्‍यक्ष यादवसँग अाफ्नै निवास र राजपा संयोजक महन्‍थ ठाकुरसँग एक होटलमा गोप्य भेटवार्ता गरेका हुन् । दुबै नेताहरुसँग ओलीले सरकारमा अाउन अाग्रह गरेको बताइएको छ । भेटमा ओलीले संविधान संशोधन र मधेस मुद्दा सम्बोधन गर्न अाफू तयार भएको बताएका थिए । जवाफमा संविधान संशोधन गर्न तयार भए अाफूहरु सरकारमा जान सक्ने जवाफ यादव र ठाकुरले बताएको अाजका छापामा उल्लेख छ ।
भारतीय विदेशमन्त्री सुष्मा स्वराजले भ्रमणको क्रममा ओलीलाई मधेसी दलहरुलाई पनि सरकारमा सहभागी गराउन सुझाव दिएकी थिइन् । पछिल्लो भेट वार्ताले स्वराजको सुझावको कार्यान्वयनमा ओली लागेको अर्थको रुपमा हेरिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: