×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिलवाललार्इ पक्राउ गर्न नसकेपछि रविन्द्र धानुकको सरुवा

PRIME CA
laxmi sunrise bank

सिलवाललार्इ पक्राउ गर्न नसकेपछि रविन्द्र धानुकको सरुवा

अर्थ सरोकार

प्रकाशित मिति : २९ माघ २०७४, सोमबार

काठमाडौं – काठमाडाैंका प्रहरी प्रमुख रविन्द्र धानुकको सरुवा भएको छ । प्राप्त भएको जानकारी अनुसार प्रहरी हेडक्वार्टर र सरकारले सर्वाधिक खाेज्न लगाइएका सिलवाललार्इ पक्राउ गर्न नसकेकाे भन्दै धानुकको सरुवा गरिएको छ । धानुकलाई संघीय इकाइ प्रहरी कार्यालय बागलुङमा सरुवा गरिएको छ ।
अहिले उनका ठाउँमा महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा रहेका एसएसपी विश्वराज पाेखरेललार्इ ल्याइएकाे छ । 
सरकारले नवराज सिलवाललाई कीर्ते काण्डमा पक्राउ गर्न इन्टरपाेलमा समेत रेडकर्नर नाेटिस जारी गराएकाे छ । सिलवाल नेकपा एमालेबाट ललितपुरबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । तिनै सिलवाललार्इ पक्राउ गर्न नसकेकाे भन्दै एसएसपी धानुककाे अालाेचना भएकाे थियाे ।
प्रहरी प्रधान कार्यालयले धानुककाे कार्यसम्पादन कमजोर भएको, उनकाे पालामा आपराधिक घटनामा बृद्धि भएको लगायतका कारण देखाउँदै उनलाई काठमाडौं प्रहरीको जिम्मेवारीबाट हटाइएको बताइएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: