×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साल्ट ट्रेडिङको लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम म्याद

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ६ फाल्गुन २०७४, आईतवार

PRIME CA
laxmi sunrise bank

साल्ट ट्रेडिङको लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम म्याद

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – साल्ट ट्रेडिङ कर्पोरेसनको ३५% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । बुक क्लोज हुनुभन्दा अघि कायम सेयरधनीले मात्र लाभांश पाउने छ । त्यसैले आज कार्यालय समयसम्ममा नयाँ लगानीकर्ताले आइतबार भित्र सेयर किनिसक्नुपर्ने हुन्छ । पुराना सेयरधनीले भने साल्ट ट्रेडिङको लाभांश स्वतः पाउनेछन् । फागुन २२ गते हुने साधारण सभाका लागि कम्पनीले मंगलबार (फागुन ८ गते) देखि बुक क्लोज गर्दैछ ।
सोमबार (फागुन ७ गते) प्रजातन्त्र दिवसमा सार्वजनिक बिदा हुने भएकाले आइतबारभित्रै लाभांश सुरक्षित गर्नुपर्ने हुन्छ । कम्पनीले गत वर्षको कमाईबाट २५% बोनस सेयर र १०% नगद लाभांश दिने घोषणा गरेको हो । साधारण सभा त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७३–७४ को वार्षिक प्रतिवेदन पेश गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि पेश हुनेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: