×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सूर्योदय लघुवित्तको हकप्रद खुल्दै, कहाँ जाने सेयर भर्न ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ४ फाल्गुन २०७४, शुक्रबार

PRIME CA
laxmi sunrise bank

सूर्योदय लघुवित्तको हकप्रद खुल्दै, कहाँ जाने सेयर भर्न ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – फागुन २४ गतेदेखि सूर्योदय लघुवित्त वित्तीय संस्थाले ७०% हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १ः०.७ अनुपातमा २ लाख ८० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।  १०० रुपैयाँ अंकित मूल्य यो हकप्रद चैत २८ गते सम्म भर्न पाइनेछ । कम्पनीले बोनसपछि कायम भएको ४ करोड रुपैयाँ चुक्ता पुँजीबाट २ करोड ८० लाख रुपैयाँ बराबरको हकप्रद निष्कासन गर्न लागेको हो । यो हकप्रद बिक्रीपछि भने चुक्ता पुँजी ६ करोड ८० लाख रुपैयाँ पुग्नेछ ।
यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्दैछ । लगानीकर्ताले गलेबल आइएमई क्यापिटल राष्ट्रिय नाचघर, काठमाडौं तथा सूर्योदयको रजिष्टर्ड कार्यालय स्याङ्जालगायत पर्वत, गुल्मी, लमजुङ र प्युठान शाखा कार्यालयबाट हकप्रदका लागि आवेदन दिन सक्नेछन् । यसैगरी, आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन पाइनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: