×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अष्टलक्ष्मीलाई पराजित गर्दै प्रदेश ३ को मुख्यमन्त्री डोरमणि बन्ने

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २६ माघ २०७४, शुक्रबार

PRIME CA
laxmi sunrise bank

अष्टलक्ष्मीलाई पराजित गर्दै प्रदेश ३ को मुख्यमन्त्री डोरमणि बन्ने

काठमाडौं – नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य प्रदेश नम्वर ३ को संसदीय दलमा पराजित भएकी छिन् । शाक्यलाई नेतामा डोरमणि पौडेलले पराजित गरेका छन् । मुख्यमन्त्रीका सशक्त दावी गर्दै आएकी शाक्य पराजित भएपछि पौडेल मुख्यमन्त्री बन्ने पक्का भएको छ ।
शुक्रबार भएको संसदीय दलको चुनावमा ५८ मत खसेको थियो । जसमा पौडेलले ३४ मत पाए भने पार्टी उपाध्यक्ष समेत रहेकी शाक्यले २४ मत मात्र पाइन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले शाक्यलाई हराउन निकै कसरत गरेका थिए । शाक्य नेपाल समुहकी हुन् । शाक्यलाई हराउन नेपाल समुहकै राजेन्द्र पाण्डेपनि लागेको स्रोतले बताएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: