×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय वाणिज्य बैंकको विराटनगर भन्सार शाखामा १० करोड रुपैयाँ घोटाला, १ कर्मचारी पक्राउ, दुइ फरार !

PRIME CA

राष्ट्रिय वाणिज्य बैंकको विराटनगर भन्सार शाखामा १० करोड रुपैयाँ घोटाला, १ कर्मचारी पक्राउ, दुइ फरार !

अर्थ सरोकार

प्रकाशित मिति : ३ फाल्गुन २०७४, बिहीबार


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ- राष्ट्रिय वाणिज्य बैंकको बिराटनगर भन्सार साखमा करोडौं रुपैयाँ घोटाला भएको खुलासा भएको छ।बैंकको सुक्खा बन्दरगाह शाखाका वरिष्ठ सहायक अधिकृत तोर्णबहादुर राउतलाई प्रहरीले पक्राउ गरेपछि यस्तो खुलासा भएको हो । चेक क्लियरिङको विषयलाई लिएर बैंकमा १० करोड घोटाला भएको हो । प्रहरीले बैंकको सुक्खा बन्दरगाह शाखाका वरिष्ठ सहायक अधिकृत तोर्णबहादुर राउतलाई पक्राउ गरेपछि बिराटनगर भन्सारका क्लियरिङ एजेन्ट सुरेश बोहरा र उनका प्रतिनिधि ललित बोहराका नाममा पक्राउ पुर्जी जारी गरेको छ । आफु विरुद्ध पक्राउ पूर्जी जारी भएपछि उनीहरु दुबैजना फरार छन् । 
क्लियरिङमा यसरी भयो घोटाला ! 
सामान्यतया यस्तो केसमा एकाउन्ट पेइ चेक भन्दा पनि गुड फर पेमेन्ट चेक दिनुपर्ने थियो । तर एकाउन्ट पेइ चेक दिंदा क्लियरिङमा घोटाला भएको छ । बैङ्कको सुक्खा बन्दरगाह शाखाले विराटनगर भन्सार कार्यालयको परिसरभित्र सञ्चालन गरेको काउन्टरमा कार्यरत रहेका सुरेश बोहरा र उनका प्रतिनिधि ललित बोहराले राजस्वबापत बुझाएका एकाउन्ट पेई चेकहरू क्लियरिङ हुन नसकेपछि घोटालाको रहस्य बाहिर आएको हो । उनीहरुको मिलेमतोमा विभिन्न मालसामानको भन्सार क्लियरिङ हुँदै आएको तर खातामा रकम नभएका कारण ती चेकहरू क्लियरिङ हुन नसकेको उजुरीका आधारमा उनीहरुलाई पक्राउ पूर्जी जारी गरिएको बुझिएको छ । बैङ्कको स्रोतका अनुसार क्लियरीङ हुन बाँकी साढे १२ करोड रुपैयाँमध्ये केहि रकम सोमबार बुझाएइएको छ भने ९ करोड ६१ लाख ५५ हजार रुपैयाँ क्लियरिङ हुन बाँकी छ ।
के भन्छ सम्बन्धित निकाय ? यसरी खुल्यो रहस्य !
यता यसबारेमा बुझ्दा बिराटनगर भन्सार प्रमुख मीमांश अधिकारीले एकाउन्ट पेई चेक क्लियर हुनु/नुहुनु आफ्नो सरोकारको विषय नभएको स्पष्ट पारेका छन् । ‘ यो भन्सार एजेन्ट र बैङ्कबीचको विषय हो । यसमा हाम्रो कुनै पनि सरोकार छैन । हाम्रो रकम रोकिएको छैन । बैंकले दिइरहेको छ । त्यसैले हामीलाई केहि पनि समस्या छैन । पुग्नुपर्ने सबै राजस्व पुगीरहेको छ ।’ उनले भने । 
यता बोहोराको कर्तुतबारे जानकारी पाएपछि  बैङ्कका सिइओ र डेपुटी सिइओले बुधबार ११ बजेसम्म रकम जम्मा गरिसक्नुपर्ने अडान राखेको, सो रकम समयमा जम्मा हुन नसकेपछि बैंकले ‘बैङ्कमा जम्मा हुनुपर्ने रकम जम्मा नभएको हुँदा यथार्थ पत्ता लगाई पाऊँ’ भन्दै जाहेरी दिएको थियो । बैंकको जाहेरी परेपछि प्रहरीले वरिष्ठ सहायक राउतलाई पक्राउ गरेको हो भने अरु दुइलाई पक्राउ पूर्जी काटेको हो । यता घटनाबारे थप कुरा थाहा पाउन बैङ्कको केन्द्रीय कार्यालयका अपरेसन विभागका उपप्रमुख नारायण सुवेदीको नेतृत्वमा  ३ जनाको उच्चस्तरीय छानबिन टोली विराटनगर पुगेका छन् । उक्त टोलीमा कानुन फाँटका प्रमुख पनि रहेको बैंक स्रोतले बताएको छ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: