×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सञ्चालकको ‘प्रेसर’ धान्न नसकेपछि निरज श्रेष्ठले माछापुछ्रे बैंक छोडे, करियरमै लाग्यो यस्तो ‘धब्बा’ !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ७ फाल्गुन २०७४, सोमबार

PRIME CA
laxmi sunrise bank

सञ्चालकको ‘प्रेसर’ धान्न नसकेपछि निरज श्रेष्ठले माछापुछ्रे बैंक छोडे, करियरमै लाग्यो यस्तो ‘धब्बा’ !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- माछापुछ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) निरजकुमार श्रेष्ठले बैंकबाट राजीनामा दिएका छन् । पछिल्लो समय बैंकको नतिजा निकै नै कमजोर आएपछि संचालक समितिका केहि सदस्यहरुले ‘काम गर्न नसके राजीनामा दिए भैगो !’ भन्दै सार्वजनिक रुपमै भन्न थालेपछी उनले अन्तत राजीनामकै बाटो रोजेका छन् । राम्रो नतिजा ल्याउन नसकेपछि उनीसँग रुष्ट बनेको सञ्चालक समितिका विभिन्न सदस्यले उनलाई थेग्नै नसक्ने गरी ‘प्रेसर’ दिएपछि अन्तत: उनले राजीनामा दिएको बैंक स्रोतको दावी छ ।
उनलाई २०७३ असोज १७ गते चार वर्षका लागि संचालक समितिले सिइओ नियुक्त गरेको थियो । गत असोज २८ गतेबाट बैंकको नेतृत्व सम्हालेका उनले १६ महिनामै बैंक छाडेका छन् । श्रेष्ठ बाहिरिएपछि संचालक समितिले नायब महाप्रबन्धक अर्जुन थापालाई निमित्त सिइओको जिम्मेवारी दिएको छ । थापाले श्रेष्ठलाई बैंकबाट निकाल्न संचालक समितिलाई उकासेको चर्चा केहि समयअघि नेपाली बांकीङ क्षेत्रमा चलेको थियो । नभन्दै श्रेष्ठले राजीनामा दिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 
यस्तो छ निरज श्रेष्ठको करियर यात्रा, माछापुछ्रेले लगायो करियरमै धब्बा !
माछापुछ्रे बैंकका सीइओबाट राजीनामा दिएका श्रेष्ठ खारिएका बैंकर मानिन्छन् । उनले सन १९८९ देखि तत्कालिन ग्रिनलेज बैंक (हालको स्ट्याण्डर्ड चाटर्ड बैंक) बाट बैंकिङ करिअर आरम्भ गरेका थिए । श्रेष्ठले करिव १७ महिना अघि ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएर माछापुछ्रे आएका थिए । ग्लोबल आइएमइ बैंक सम्म आइपुग्दा खास विवादित नबनेका उनी माछापुछ्रे बैंक आउने बितिकै विवादको घेरामा तानिएका थिए । अहिले संचालक समितिले खुलेआम ‘असक्षम’को बिल्ला भिराउन थालेपछि उनीसंग राजीनामा दिनुबाहेक कुनै विकल्प पनि थिएन । यसले उनको करियरमै ठुलो धब्बा लागेको विश्लेषण गरिएको छ । यस विषयमा उनीसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: