‘कि वार- की पार’ भन्दै जंगिए प्रचण्ड, पार्टी एकता नभए केपी ओलीको सरकारमा नजाने धम्की

काठमाडौं - नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक अाज बस्दैछ । राष्ट्रिय सभा निर्वाचन सम्पन्‍न भएपछि पहिलो पटक बस्न लागेको बैठकमा चुनावको समिक्षा र पार्टी एकताबारे छलफल हुने बताइएको छ ।

पार्टी एकता ढिला भइरहेको भन्दै चाडो एकता गर्न दवाव बढिरहेको बेला निर्णयक बैठक बस्न लागेको हो । एमाले अध्यक्ष केपी शर्मा ओली र माके अध्यक्ष प्रचण्डबीच भएको वार्ताले अाज संयोजन समितिको बैठक बस्ने सहमति भएको थियो ।

शुक्रबार बस्ने बैठक एकताबारे निर्णयक हुने नेताहरुले बताएका छन् ।

यसैबीच माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एकताबारे ओलीसँग वार कि पार छलफल गर्नुपर्ने अवस्था अाएको बताएका छन् । ओली अध्यक्ष र प्रधानमन्त्री अाफै हुने भए एकता हुन नसक्ने समेत प्रचण्डले अाफू निकट नेताहरुसँग बताएका छन् ।

नेताहरुसँग पार्टी केन्द्रीय कार्यालयमा भएको छलफलमा प्रचण्डले अध्यक्ष दिएर तत्काल पार्टी एकता गर्न एमाले तयार नभए सरकारमा पनि नजाने बताएका थिए । ओलीलाई अध्यक्ष र जबजलाई मानेर एकतामा जान नसकिने माओवादी केन्द्रले निष्कर्ष निकालेको छ ।
प्रकाशित : Friday, February 09, 2018
,

recent

Popular Posts