×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बेष्ट फाइनान्सको लिलामी भर्ने म्याद अब २ दिन मात्र बाकी

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १६ चैत्र २०७४, शुक्रबार

PRIME CA
laxmi sunrise bank

बेष्ट फाइनान्सको लिलामी भर्ने म्याद अब २ दिन मात्र बाकी

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – बेष्ट फाइनान्सको १ लाख ८ हजार १४१ कित्ता सेयर लिलामी भर्न २ कार्य दिन मात्र बाँकी रहेको छ । चैत १८ गते भित्रसम्ममा  यो लिलामीमा आवेदन दिइसक्नुपर्नेछ । कम्पनीले चैत १२ गतेदेखि सर्वसाधारण लगानीकर्ताले समेत भर्न पाउने गरी संस्थापक समूहको १ लाख ६ हजार ९४० कित्ता र सर्वसासाधारण समूहको १ हजार २०१ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको हो । यसमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर लिलामी भर्नुपर्नेछ । 
यसमा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड, राष्ट्रिय नाचघर जमलबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, ग्लोबल आइएमई बैंकको वीरगञ्ज, विराटनगर, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखा कार्यालयबाट पनि भर्न सकिनेछ । हाल बेस्टको चुक्ता पुँजी २८ करोड ६६ लाख ९९ हजार रुपैयाँ छ । लिलामीपछि चुक्ता पुँजी ३८ करोड ५४ लाख ८० हजार रुपैयाँ पुग्नेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: