सिभिल बैंकको सेयर लिलामी म्याद भर्न ३ दिन बाकी

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - सिभिल बैंकको ४२ लाख ३८ हजार ९५८.७५ कित्ता सेयर लिलामी भर्न चैत्र १ गते अन्तिम म्याद रहेको छ । यो बैंकको लेलामी भर्न मंगलबारसहित ३ दिन बाकी रहेको छ । बैंकले फागुन २३ गतेबाट संस्थापक समूहको ३२ लाख ४४ हजार ६००.२५ कित्ता र सर्वसाधारण समूहको ९ लाख ९४ हजार ३५८.७५ कित्ता सेयर लिलामी खुला गरेको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकेर लिलामी भर्नुपर्नेछ । 

बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट नयाँ बानेश्वर काठमाडौं तथा लक्ष्मी बैंकको वीरगञ्ज, विराटनगर, बुटवल, पोखरा, सुर्खेत, नेपालगञ्ज र धनगढी शाखाबाट यसमा आवेदन दिन सकिनेछ । हाल सिभिल बैंकको चुक्ता पुँजी ५ अर्ब १८ करोड ५२ लाख २२ हजार रुपैयाँ छ ।

प्रकाशित : Tuesday, March 13, 2018

recent

Popular Posts