एभरेष्ट बैंकले महिला दिवस मनायो

काठमाडौँ - १०८ औं महिला दिवसको अबसरमा एभरेष्ट बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत निःशुल्क स्वास्थ्य परिक्षण र अन्तक्रिया कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रम बैंकको पुलचोक शाखामा आयोजना भएको थियो । ८ मार्चलाई विश्व महिला दिवसको रुपमा मनाउने गरिदै आइएको छ ।

बैंकले उक्त कार्यक्रम नर्भिक अस्पतालसँगको सहकार्यमा संचालन गरेको थियो । उक्त स्वास्थ्य क्याम्पमा २०० जना मानिसले बिभिन्न बिषेशज्ञ डाक्टरहरुबाट सेवा लिएका थिए । उक्त क्याम्पमा गाइनोलोजिस्ट, कार्डिक, अर्थोपेडिकलगायतका रोग बिषेशज्ञले बिरामीको चेक जाँच गरेका थिए ।

अन्र्तक्रिया कार्यक्रमको संयोजन भने बरिष्ठ सर्जन विषेशज्ञ डाक्टर ज्योति रायमाझी (राणा) गर्नु भएको थियो । उहाँले कार्यक्रमा महिलामा हुने स्तन क्यान्सर र त्यसबाट कसरी बच्ने वा समयमा नै थाहा पाउने भन्ने बिषयमा आफ्नो मन्तब्य राख्नु भएको थियो । 

बैंकले आफ्नो उत्कृष्ट सेवा देशभर फैलिएर रहेका ६९ शाखा, ७ एक्स्टेन्सन काउन्टर, २८ राजस्व संकलन केन्द्र, ९६ एटिएम मेशिनहरुबाट दिदै आएको छ । 
प्रकाशित : Thursday, March 08, 2018

recent

Popular Posts