राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना बनाउने एमालेको निर्णय

काठमाडौँ  - गणेश तिमल्सिनालाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय एमालेले गरेको छ । एमाले शीर्ष नेताहरुको आज बसेको बैठकले तिमल्सिनालाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

उनी पोलिटब्यूरो सदस्य एवं प्रदेश ४ का सहसंयोजक हुन् । अध्यक्षका अर्का दावेदार परशुमेघी गुरुङलाई राष्ट्रियसभा दलको नेता बनाउने निर्णय भएको बताइएको छ । कांग्रेसले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी नदिने तयारी गरेको बताइएको छ ।
प्रकाशित : Monday, March 12, 2018
,

recent

Popular Posts